भक्तपुर प्याब्सनद्धारा मध्यपुरमा गरयो सम्पदा पदयात्रा
कार्तिक १३, २०८१, मङ्गलबार | दिउँसो १२:३७ बजे | 65
सागर गुरागाईं
मध्यपुर थिमि । निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन प्याब्सन भक्तपुरद्धारा मध्यपुर थिमिमा सम्पदा पदयात्रा गरियो ।
भक्तपुर प्याब्सनका अध्यक्ष सुरेन्द्र तुबन्जा श्रेष्ठले ऐतिहासिक सांस्कृतिक नगरी मध्यपुर थिमिलाई पर्यटकीय नगरी बनाउने उद्देश्यले आगामी पुस १२ देखि १४ सम्म आयोजना गरिएको मध्यपुर महोत्सवको जानकारी स्वरुप सम्पदा पदयात्रा आयोजना गरिएको बताउनुभयो ।
सम्पदा पदयात्राले मध्यपुर महोत्सवको प्रचारमा सहयोग पुगेको भन्दै मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले भक्तपुर प्याब्सन र मध्यपुर प्याब्सनका कार्यको प्रशंसा गर्नुभयो । पर्यटन र सम्पदालाई स्थानीय बासिन्दाको आयआर्जनसँग जोड्न मध्यपुर महोत्सवले थप सहयोग पुग्ने मध्यपुर थिमि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताउनु भयो । कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय अध्यक्ष डि.के. ढु»्गानाले भक्तपुर प्याब्सनले सुरेन्द्र श्रेष्ठको नेतृत्वमा सृजनात्मक, व्यक्तित्व एवं नेतृत्व विकास कार्यक्रमहरु गर्दै आएकोमा प्रसन्नता व्यक्त गर्दै असल संस्कार सहितको गुणात्मक शिक्षाभित्र सम्पदा, संस्कृति र पर्यटनका विषयहरुमा प्याब्सन नेपाल सदैव सचेत भई विद्यार्थीहरुलाई स्तर अनुसारको ज्ञान प्रदान गरिरहेको बताउनु भयो ।
मध्यपुर थिमि नपा ६ सिद्धिकाली मन्दिर परिसरबाट सुरु भएको उक्त सम्पदा पदयात्रामा मध्यपुर थिमि र भक्तपुर जिल्लाका विभिन्न विद्यालयका प्रिन्सिपलहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त पदयात्रा सिद्धिकाली मन्दिर परिसरबाट सुरु भई नासननी, तुलननी, कुम्हाननी, वाचुननी, चपाचो, ब्रम्हननी, भुलाँखेल, चोडे, दुईपोखरी, लाय्कु, बालकुमारी, विष्णुवीर, शंखधर पार्क, वनदेवी हुँदै बप्पा महादेव मन्दिर परिसरमा सम्पन्न भएको थियो । पदयात्रामा सहभागी विभिन्न विद्यालयका प्रिन्सिपलहरुलाई भक्तपुर प्याब्सनका अध्यक्ष सुरेन्द्र तुबञ्जा श्रेष्ठ, मध्यपुर नगर प्याब्सनका सचिव रत्नमान शंखदेव, भक्तपुर प्याब्सनका सचिव विजय कर्माचार्य लगायतले पदामार्गमा रहेका सम्पदाहरुको बारेमा छोटो बुँदागत जानकारी दिनुभएको थियो । पदयात्रामा प्याब्सनका केन्द्रीय महासचिव आर.बि. कटुवाल, मध्यपुर थिमि शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भ¤, मध्यपुर थिमि नगर प्याब्सनका अध्यक्ष निलेश आचार्य, भक्तपुर प्याब्सनका पदाधिकारी, कार्यसमिति सदस्य, मध्यपुर नगर प्याब्सनका पदाधिकारी एवं सदस्यहरु, भक्तपुर प्याब्सन अन्तर्गतका विद्यालयका प्रिन्सिपलहरुको सहभागिता रहेको थियो । भक्तपुर प्याब्सनमा हाल १ सय ७ वटा विद्यालय रहेको जानकारी दिदैं भक्तपुर प्याब्सनका अध्यक्ष सुरेन्द्र तुबन्जा श्रेष्ठले परम्परागत भेषभूषा प्रतियोगिता र फोटो चित्रकला प्रतियोगिता, सरसफाई कार्यक्रमलाई निरन्तरता दिईने जानकारी दिदैं मध्यपुर महोत्सवलाई भव्यरुपमा सपल पार्न सबै शिक्षाकर्मी, विद्यार्थी अनि अभिभावकहरु क्रियाशील हुने बताउनु भयो । प्रिन्सिपलहरुको उक्त सम्पदा पदयात्रा कार्तिक १३ गते आयोजना गरिएको थियो ।