वरिष्ठ गायक मधु क्षेत्री सम्मानित
कार्तिक १२, २०८१, सोमबार | विहान ०१:३७ बजे | 55
भक्तपुरमा आज वरिष्ठ गायक मधु क्षेत्री सम्मानित भएका छन्। फुलै फुल मात्र पनि होइन रैछ जीवन,पानी खाने निउले तिम्रो घर आउला,हुरीले उडाउन सकेन,साईली र माहिली पैला गए छन् बाउ बाजेको नाकै काटेर,लागायत का थुप्रै कालजयी गीतका बरिस्ठ गायक क्षेत्रीलाइ आज सम्मान गरिएको हो।
भक्तपुर सांगीतिक समाजद्वारा शुभ दीवापली,नेपाल संवत ११४५ न्हुंद र छठ पर्व २०८१ को आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा बरिस्ठ गायक क्षेत्रीलाई सम्मान गरिएको हो। नेपाली सांगीतिक क्षेत्रमा विगत ४ दशक भन्दा बढि समयदेखि अतुलनिय योगदान पुर्याउन्दै आएको कुरालाई सम्मानार्थ सो सम्मान गरिएको कुरा समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले जानकारी दिए।
कार्यक्रममा गायक क्षेत्रीले शुभकामना मन्तव्य राख्दै आफुले पहिला रेडियो नेपालमा गरेको संघर्षदेखि आफ्ना समकालीन मित्र गायक उदितनारायण झा सँगसँगै बिताएका ति दिनहरु सम्झिदै आफ्नो लोकप्रिय गीत पनि गाएका थिए।
सो कार्यक्रममा वरिष्ठ गीतकार तथा समाजका सल्लाहकार सुवासचन्द्र ढुंगेलले पनि आफ्नो मन्तव्य राख्दै समाजले नेपाली संगीतलाई थप उचाईमा पुर्याउन गर्दै आएको विभिन्न सांगीतिक कार्यक्रमको बारे स्मरण गरे।
कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष प्रवीण शाहीले गीतकार लक्ष्मीप्रसाद कसुलाको शब्दमा र आफ्नै आवाज अनि संगीतमा भर्खरै रेकर्ड गरेको नयाँ गीत आउ नाचौ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक पनि गरेका थिए।
भक्तपुरमा रहेका गायक गायिका, संगीतप्रेमी व्यक्तित्वहरुको उपस्थिति रहेको सो कार्यक्रममा स्वागत मन्त्यव्य समाजका कार्य समिति सदस्य रविन थापाले दिएका थिए।
कार्यक्रमको संचालन लोकप्रिय रेडियोकर्मी किरण सुवालले गरेका थिए।
फाेटाेमा हेर्नुहाेस्...