ईवामुरामा पित्तथैली, पत्थरीको विरामीलाई लक्षित उपचार प्याकेज
मंसिर २१, २०७७, आइतबार | दिउँसो ०१:२९ बजे | 25
भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित डा ईवामुरा मेमोरियल अस्पतालले पित्तथैलीको पत्थरी सम्बन्धी समस्या भएका बिरामीहरुलाई लक्षित गरि प्याकेज ल्याएको छ ।
दुर्बिन प्रबिधि मार्फत ल्यापोस्कोपी मेसिनबाट सानो प्वाल पारेर उपचार गरिने भएकोले अपरेसन पछि कम दुखाइ, घाउहरु चाडै निको हुने , दाग पनि सानो हुने र चाडै घर जान सकिन्छ ।
चिल्लो खानाबाट पेट फुल्ने वा दुख्ने ,पेटको दायाँ कोखा वा पेटको बिचमा दुख्ने , दायाँ काधँमा दुख्ने , ढाडमा दुख्ने , एक्कासी तौल घट्ने , धेरै दिसा भइरहने पित्तथैलीको पत्थरीका लक्षणहरु हुन् ।
सेवाग्राहीको अनुरोधमा सहुलियतपुर्ण शुल्कमा , अनुभवी डाक्टरहरुबाट शान्त वातावरण उपचार हुने , सोही अस्पतालका बजार व्यवस्थापक जीवन मारिखुले जानकारी गराउनु भयो । यो प्याकेज १५ पुस,२०७७ सम्मका लागि मात्र उपलब्ध भएको हँुदा समयमा नै आफ्नो समस्याको पहिचान गरि रोग मुक्त हुनुहोस् । साथै निशुल्क परामर्शका लागि फोन गरि आफ्नो नाम टिपाउनु होस् ।