छन्द विज्ञानको सगरमाथाको काखबाट इतिहास नियाल्दा सार्वजनिक
कार्तिक १०, २०८१, शनिबार | विहान १०:४४ बजे | 80
भक्तपुर । भक्तपुर सूर्यविनायक निवासी साहित्यकार छन्दविज्ञान निरौलाद्धारा लिखित सगरमाथाको काखबाट इतिहास नियाल्दा पुस्तकको शनिबार भक्तपुरमा विमोचन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले पुस्तकको एक भव्य समारोहवीच विमोचन गरेका हुन् । त्यस अवसरमा अध्यक्ष नेपालले जे गरौं, जताबाट गरौं, देश र जनताका लागि गर्न सवैसँंग आह्वान गरे । सक्नेले सक्ने ठाउँंबाट देश र जनताको हितका लागि काम गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।
कसैले कितावै लेखर पनि देश र जनताको हितमा काम गर्न सकिन्छ, उनले भने, हामी सवैको फरकफरक क्षमता दक्षता छ, त्यही दक्षता र क्षमता अनुसार देशका लागि जनताका हितमा काम गर्ने हो । उनले जे गर्छाै त्यो तीव्र गतिमा गर्नुपर्नेमा पनि जोड दिए । सके आफैं गर्ने नसके गर्नेलाई सहयोग गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।
कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता बलबहादुर केसी, लेखक निरौला, प्रदेश सांसद एवं पूर्व प्रदेश मन्त्री डा राजेन्द्रकमार श्रेष्ठ, नेकपा एस भक्तपुरका अध्यक्ष श्याम वस्नेत, लेखक निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सार्वजिनक पुस्तक समग्र अध्ययन अनुसन्धान केन्द्र नेपालबाट प्रकाशित गरिएको हो । पुस्तक तीन अध्यायमा विभाजित छ । पुस्तकमा नेपालको इतिहास अझ सोलुखुम्वू जिल्लाको इतिहासबारे विस्तृत विवरण उल्लेख छ । पुस्तक तीन सय ८२ पृष्ठको छ । पुस्तकको मूल्य पाँंच सय ५० रुपैयाँं राखिएको छ ।
फाेटाेमा हेर्नुहाेस्...