सहलह साकोसको स्थापना दिवसको उपलक्ष्यमा चित्रकला प्रतियोगिता


कार्तिक ९, २०८१, शुक्रबार | दिउँसो ०१:५८ बजे | 80


सहलह साकोसको स्थापना दिवसको उपलक्ष्यमा चित्रकला प्रतियोगिता

भक्तपुर, कार्तिक । सहलह बचत तथा ऋण सहकारी संस्था लि। गोल्मढी, भक्तपुर–७ को आयोजनामा संस्थाको १८ औं स्थापना दिवस ९कार्तिक १५० को उपलक्ष्यमा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता विहीबार सम्पन्न भयो ।
प्रतियोगिता कला, संस्कृति र सम्पदा विषयमा भक्तपुर दरवार क्षेत्रमा भएको थियो । प्रतियोगिता सुरू हुनुभन्दा अगाडि संस्थाका अध्यक्ष श्याम तजलेले विभिन्न समयमा विविध विषयमा प्रतियोगिता गर्दै आएको जानकारी दिँदै संस्थाको स्थापना समुदायका सदस्यहरूको हितमा काम गर्न कै लागि भएको प्रष्ट पार्नुभयो । उहाँले अहिलेको समयमा थुप्रै संस्थाले ब्याजको लोभ देखाएर सर्वसाधारणको अरबौं रकम हिनामिना गरेर भाग्ने सहकारी समुदायमा पनि रहेकोले सबैजना सचेत हुनुपर्ने बताउनुभयो ।
संस्थाका सचिव रामेश्वर मचामसीले संस्थाको आयोजनामा भएको चित्रकला प्रतियोगितामा सहभागी विद्यार्थी र विद्यालय सबैलाई धन्यवाद र शुभकामना दिँदै संस्थाले आर्थिक विषयलाई मात्र नहेर्ने हुँदा विविध विषयमा प्रतियोगिता पनि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
वि।सं। २०६४ कार्तिक १५ गते स्थापना भएको सहलह बचत तथा ऋण सहकारी संस्था लि।ले  १८औं स्थापनाको उपलक्ष्यमा भएको चित्रकला प्रतियोगितामा १५ वटा विद्यालयबाट ८५ जना प्रतियोगीहरू सहभागी भएका छन् ।

फाेटाेमा हेर्नुहाेस्...

सहलह साकोसको स्थापना दिवसको उपलक्ष्यमा चित्रकला प्रतियोगिता
सहलह साकोसको स्थापना दिवसको उपलक्ष्यमा चित्रकला प्रतियोगिता

Comments