स्वदेशका नगर–नगरबिच भगिनी सम्वन्ध स्थापनामा जोड दिएका छौँः मेयर शाक्य
मंसिर १८, २०७७, बिहीबार | दिउँसो ०१:१४ बजे | 50
काठमाडौँ । जुम्लाको चन्दनथान नगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्ने निर्णय गरेको काठमाडौँ महानगरपालिकाले आज त्यहाँका प्रमुख क्रान्तिका सेजुवालसहितका जनप्रतिनिधिसँग छलफल गरेको छ । केही दिन अघि मात्रै रामग्राम नगरपालिसँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले चन्दननथासँग पनि छिटै औपचारिक रुपमा भगिनी सम्वन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने बताउनुभयो ।
भगिनी सम्वन्ध स्थापनापछि जुम्लामा उत्पादिन बहुमुल्य जडिबुटी, स्याउ, सिमि, ओखरलगायतका प्राङगरिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापनलगायतका विषयमा पनि सहकार्य गर्न सकिने शाक्यले बताउनुभयो । ‘उहाँले रारा, सेफोक्सुण्डो जस्ता ताल जाने बाटोमै रहेको चन्दननाथसँग धार्मिक पर्यटनसँग समेत जोडेर मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउन सकिने बताउनुभयो ।
चन्दनथान नगरपालिकाकी प्रमुख सेजुवालले स्रोत–साधनले सम्पन्न काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । ‘यो हाम्रा लागि खुशीको पल हो,’ उहाँले भन्नुभयो, ‘हामी दुई नगरबिच धार्मिक पर्यटनसँग पनि जोडेर अघि बढ्न सकिन्छ ।’
कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि भगिनी सम्वन्ध स्थापनापछि दुई नगरले सहकार्य गर्न सकिने बताउनुभयो ।
आजै धनकुटाको पाख्रिवास नगरपालिकाका प्रमुख वृषबहादुर राई र जनप्रतिनिधिसँग पनि छलफल भयो । सो छलफलमा प्रमुख राईले पनि आगामी दिनमा सहकार्य गरेर अघि बढ्न भगिनी सम्वन्ध स्थापनाका लागि प्रस्ताव राख्नुभयो ।