भक्तपुरको कमलविनायमा भेटियो फेरि नयाँं कोरोना संक्रमित
जेठ २४, २०७७, शनिबार | विहान ११:३५ बजे | 40
भक्तपुर । भक्तपुरको कमलविनायकमा फेरि नयाँं एकजना कोरोना संक्रमित भेटिएको छ । यसअघि पनि कमलविनायकमै रहेकी भक्तपुर नगरपालिका वडा नं ९ की वडा महिला वडा सदस्यमा कोरोना संक्रमित भेटिएको थियो । उनी अहिले अस्पतालबाट निको भई डिष्चार्जसमेत भइसकेकी छिन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार गरेको पत्रकार सम्मेलन अनुसार भक्तपुरको कमलविनायकमा फेरि एक जना नयाँं कोरोना संक्रमित भेटिएको जनाएको हो । भक्तपुरमा एक र काठमाडौंका चार जनासमेत कोरोना पुष्टी भएको हो । काठमाडौमा भेटिएका उनीहरु दुई जना पुरुष र दुई जना महिला रहेका छन् । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।
योसँंगै शनिबार थप तीन सय २३ जना कोरोना संक्रमणको पुष्टी भएका हुन् । यसअघि कोरोनाबाट दुई हजार नौ सय १२ पुगेको थियो ।