कुवँरद्वारा भुम्लुका ३५० परिवारलाई स्वास्थ्य तथा सरसफाईका सामाग्री वितरण


मंसिर १६, २०७७, मङ्गलबार | दिउँसो ०१:५२ बजे | 50


काभ्रे । हजुरलाई नमस्ते परोपकारी अभियानद्वारा काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका ४ चौबासमा स्वास्थ्य तथा सरसफाईका सामाग्री वितरण गरिएको छ ।
नेपाल हेभि इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष एवम् समाजसेवी तारा बहादुर कुवँरले चौबासमा ३ लाख ७५ हजार बराबरको स्वास्थ्य तथा सरसफाईका सामाग्री वृद्धबृद्दा,सुत्केरी महिला दलित सिमान्तकृत जनजाति तथा नवजात शिशुहरुलाइ हस्तान्तरण गरेका हुन् ।
वाग्मती प्रदेशका सांसद लक्ष्मण लम्सालको प्रमुख आतित्यतामा भएको कार्यक्रममा हजुरलाई नमस्ते ट्रेड लिन्क प्रा.लि.को सामाजिक उत्तरदायीत्व अन्तरगत ३५० परिवारको लागि स्वास्थ्य तथा सरसफाईका सामाग्री वितरण गरिएको समाजसेवी कुवँरले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ, नेपाली कांग्रेसका नेता तस्बिर लामा, समाजसेवी शेर बहादुर कुँवर, वडा.नं ४ का अध्यक्ष लोक बहादुर कुँवर, साजसेवी नृर्भध्वज महत,विभिन्न वडाका प्रतिनिधिहरु लागयतको उपस्थिति रहेको थियो ।
चक्रपथ सरसफाई अभियानका संयोजक समेत रहेका कुवँरले यसअघि पनि कोरोनाका कारण अलपत्रमा परेका व्यक्तिहरु, दृस्टीबिहिन लगायतलाई काठमाडौं उपत्यकामा खाद्य सामाग्री सहयोग गर्दै आएका छन् ।

Comments