भक्तपुरको जुद्ध वारुण यन्त्रको भवन शिलान्यास
मंसिर १५, २०७७, सोमबार | दिउँसो ०२:१२ बजे | 25
भक्तपुर दुधपाटीस्थित जुद्ध वारुण यन्त्र कार्यालय (दमकल) भवनको सोमबार शिलान्यास गरिएको छ । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले शिलान्यास गरेका हुन् । यस हिसावले वारुद्ध यन्त्र कार्यालयको दुई वटा भवन निर्माण हुने भएको छ । भवन निर्माण २१ महिनामा सम्पन्न हुने जनाएको छ ।
त्यस क्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख गेलालले भवन निर्माण हुन लागेकोमा खुसी भएको बताए । उनले भने, वरुण यन्त्रको कुनै भूगोल हुर्दैन । यो वरुण यन्त्र भक्तपुरमा छ भनी भक्तपुरमा मात्र नभई सबै क्षेत्रमा सेवा प्रदान गर्ने कार्यालय भएकोले म एकदम खुशी छु । उनले आफूले सक्ने सक्दो सहयोग गर्न हरदम तयार रहेको बताए ।
जुद्ध वरुण यन्त्रका प्रमुख सुरज निरौलाले दुई वटा भवन बनाउन लागेको बताए । यसको लागि ६ करोड २६ लाख ४९ हजार आठ सय ११ रुपैया लागत छुट्याएको निरौलाले जानकारी गराए । उनले सकेसम्म समयमा नै भवन निर्माणको काम सकाउन कन्ट्क्टर सि.एम–नव सिर्जनशिल सिलेट कन्सटक्सनका प्रमुख रवि गौतमलाई अनुरोध गरेका थिए ।
जुद्ध वरुया यन्त्रका सुचिना अधिकारी विजय धौभडेलले भूकम्पपछिको लामो यस भवनको लागि खटिएको बताए । भवन बन्ने भएको एकदम खुसी व्यक्त उनले गरे । यो भवन दमकल राख्न र कर्मचारीको सेवाको लागि मात्र नभई देशभर कै दमकलमा कार्यरत कर्मचारीलाई तालिम दिने योजना रहेको बताए । भक्तपुरको यो कार्यालयलाई तालिमको हबमा चिनाउने योजना रहेको उनले बताए ।
वरुण यन्त्रमा ६ वटा दमकल छन् । जसमा तीनवटा संचालनमा छन् भने ३ वटा विग्रिएका छन् ।