सुकुलढोका साकोसद्वारा रु. २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान
मंसिर १४, २०७७, आइतबार | दिउँसो १२:५७ बजे | 25
भक्तपुर । सुकुलढोका बचत तथा ऋण सहकारी संस्थाद्वारा महामारी रुपमा फैलिरहेको कोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रु. २५,०००।– रुपैयाँ आर्थिक सहयोग प्रदान ग¥यो ।
भक्तपुर नपाद्वारा सञ्चालित आइसोलेसन केन्द्र व्यवस्थापनलगायत कोरोना रोकथामको लागि आवश्यक व्यवस्थाको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सुकुलढोका साकोसले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नपालाई गरेकोकोमा धन्यवादज्ञापन गर्नुहुँदै नगरपालिकाद्वारा प्रकाशित ‘फोटो पुस्तक’ र केही प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।