दसदिने पत्रकारिता तालिम सुरु


मंसिर १३, २०७७, शनिबार | विहान १०:३३ बजे | 45


भक्तपुर । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरको आयोजनामा शनिबारदेखि यहाँं दसदिने पत्रकारिता तालिम सुरु भएको छ । दक्ष पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । तालिम विहान दैनिक दुई घण्टा हुने जनाइएको छ । तालिममा प्रयोगात्मकलाई विशेष जोड दिने तालिम संयोजक कृष्ण किसीले जनाए । तालिममा दैनिक विहान एक घण्टा सैद्धान्तिक र एक घण्टा प्रयोगात्मक हुने जनाइएको छ । दैनिक फरकफरक प्रशिक्षकहरुबाट तालिम दिइने जनाइएको छ ।
[[img2]]
तालिमको उदघाटन गर्दै आयोजक संघका अध्यक्ष डा इन्दुल केसीले समाजमा पत्रकारको भूमिकाबारे चर्चा गरे । एकजना असल पत्रकारले देशका लागि ठूलो योगदान दिन सक्ने चर्चा उनले गरे । रोम्वस स्कुल कलेजका प्रिन्सिपल डा राजेन्द्र कोजूले पत्रकारिता पेशा मात्रै नभई समाज सेवा पनि भएको बताए । इन्जिनियर राजन कुसी, तालिम संयोजक कृष्ण किसीले तालिमका विविध पक्षबारे चर्चा गरे ।
[[img3]]


फाेटाेमा हेर्नुहाेस्...

Comments