डा. डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’


2020-06-06 06:37:47

काठमाडौं, जेठ २४ ।
डा. डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ । डीआरको शब्दरस्वर र सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ ।
गीतकारका रुपमा विभिन्न थुप्रै विश्व रेकड् कायम गरेका डा. उपाध्याय गायनमा पनि यो गीत मार्फत देखिएका छन् । सवैको घर स्वर्ग जस्तो होस् जसका लागि आवश्यक कुराहरु के(के हुन भन्ने विषय डा. उपाध्यायले गीत मार्फत प्रस्तुत गरेका छन् ।
‘एउटा आदर्श घरको कल्पना गरेर घरका सदस्य सवैले आफ्नो जिम्मेबारी वहन गरुन हरेकको घरमा सुख शान्तिहोस् भन्ने हेतुले मैले यो गीत स्रोतारदर्शकमाझ ल्याएको हुँ’, कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले भने । डा. उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम ‘स्वर्गघर’मा समावेस रहेको गीत हो यो ।
घर यस्तो होस् जहाँ
शुख शान्तिले बास गरोस् ।
एक अर्काको आधार
बनोस् परिवार
हर ओठमा मुस्कान
सधैं कायम रहोस्
जहाँ माता पिताको
आदर होस्
सन्ततिको भावनाको
कदर होस्
कर्तब्यदेखि टाढा
नभागोस् कोही
हर सुख दुःखमा
सधैं साथ रहोस्
घर बनोस् मन्दिर जहाँ
ईश्वरको बास रहोस्
सधै विश्वासको आधार
बनोस परिवार
हर ओठमा मुस्कान
सधैं कायम रहोस्
रिस राग कसैको
मनमा नहोस्
सद्भाव सवैमा
रहिरहोस्
हर कठिन घडीमा
एक जुट बनोस्
माया ममता सधैं
बनिरहोस्
घर बनोस मन्दिर जहाँ
ईश्वरको बास रहोस्
एक अर्काको खुशी
बनोस् परिबार
हर ओठमा मुस्कान सधैँ
कायम रहोस्
– डा. डीआर उपाध्याय
दश उपन्यास र सयौं गीतमार्फत पाठक, स्रोता तथा दर्शकको मन मष्तिस्कम बस्न सफल डा. डीआर उपाध्यायको केही समयअघि बाह्र भाषामा रहेको गीतको एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको थियो । डा. उपाध्यायका अहिलेसम्म १८ एल्बम र सयौं गीत स्रोतारदर्शकमाझ आएका छन् ।
गीत लेखेर एक पछि अर्को कीर्तिमान कायम गरेका डा. डीआर उपाध्यायले वल्र्ड बुक्स अर्फ अमेरिका, अष्ट्रेलिया, लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रकेर्ड, जीनस वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रकेर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।
उनले नेपाली गीत(सङ्गीतका विविध विधामा गरेको नामको खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेका हुन् । ‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. डीआर उपाध्यायलाई गीतकार सङ्घ, नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कारबाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत–सङ्गीतका अवार्डमा पनि उनका गीतले प्रायःजसो सबै अवार्ड चुम्न सफल भएका छन् ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *