जनता रहेसम्म हामी रहन्छौं (अन्तर्वार्ता)


2024-09-14 13:33:11

News Image

१) तपाईको परिचय दिनु हुनु होला । 
उत्तरः–म राजकुमार लघु । भक्तपुर ब्यासीमा बस्छु । स्थापनाकालदेखि ब्यासी साँस्कृतिक समुहको अध्यक्षको रुपमा कला संस्कृतिको सम्पदाको प्रवर्ध्दनको लागि कार्यरत छु ।
२) तपाईं संम्लगन हुनु भएको व्यासी साँस्कृतिक समितिको वृतान्त परिचय र स्थापना कहिले किन भएको हो ? 
उत्तरः– यस समुहको स्थापना २०७४ सालमा टोलका संस्कृतिप्रेमी युवा र नेमकिपाका कार्यकर्ताहरुको उपस्थितिमा भएको हो । यस संस्थाको बिकासका लागि कलाकार रत्नकाजी नायभारी, सुन्दर ब्यान्जु , नेपाल भाषा साहित्य तःमुंज्या का कान्छा बासुकला तथा जनपक्षीय लेखकहरुको महत्वपुर्ण योगादन छ । 
ब्यासी सास्कृतिक समुहको प्रमुख उदेश्य, प्रगतिशील साहित्यको निर्माण र जनपक्षीय कलाकारको उत्पादन गर्नु हो । संस्थाले प्रत्येक बर्ष भक्तपुर नगरपालिकाले गाइजात्राको अबसरमा आयोजित धिंधिं बल्लामा सहभागिता जनाउदै आएको छ । गाँइचा प्याखं तीन पटक प्रथम भयो । अन्य विधाले पनि बिस्तारै लय समात्दै छ ।
३) व्यासी साँस्कृतिक समितिमा कति जना सदस्यहरू छन् ? महिला र पुरूष कति कति ? 
उत्तरः– यस समुहमा गाँइचा कलाकार र अन्य विधाका कलाकार गरी एक सय जना जति छन् । नयाँ पुस्ताका कलाकारहरुको आकर्षण बढिरहेको छ । ब्यासी सांस्कृतिक समुहको भबिष्य उज्वल देखछु ।
४) यो समितिमा कार्यसमितिमा कोको छन् ? 
उत्तरः– कार्य समितिमा जनपक्षिय लेखक  कलाकारहरु छन । साथै हरि भजन दाफा समुहका मित्रहरुको पनि महत्वपुर्ण सहयोग प्राप्त भैरहेको छ ।्र
५. यो वर्षको सफलता ?
उतरः यसवर्ष ब्यासी सांस्कृतिक समुहका कलाकारको मेहनत अग्रज लेखहरुको मेहनत तथा टोलबासी दाजुभाइहरुको हौसला तथा शुभचिन्तकहरुको आर्थिक , भौतिक र नैतिक सहयोगले निम्न विधाहरुमा हामीले सफलता हात पारेका छौ ्र
विधा गाँइचा प्याखं प्रथम 
लाहुरे प्याखं प्रथम 
साँयाचा÷सामिचा प्याखं दोश्रो  
ध्याचकक प्याखं दोश्रो, फाकंदाली प्याखं सान्त्वना र नेक्राविसंघ २ वडा ब्यासी इकाई समितिको लुसी प्याखं तेश्रो भएको थियो ।
६) कुनकुन गित र विधाको गितको लेखकहरू हुनुहुन्छ ? अलगअलग नाम दिनुस् ।
उत्तरः– जनपक्षिय लेखकहरु हुनुहुन्छ, समय क्रममा प्रकाशित गर्दै जाउँला ।
७) यसवर्ष कति जना कलाकारहरू सहभागिता थियो ? 
उत्तरः– यसवर्ष सहयोगीहरुसमेत ७० जना कलाकारहरुको सहभागिता थियो । सक्रिय सहभागिताको लागि सम्पूर्ण कलाकारहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।
८) कलाकारहरूले पहिला पारे कि र मूल्याङ्कण समितिले पहिला पारे ?
उत्तरः– कलाकारहरुको अथक मेहनत र मुल्याकन समितिको सही मुल्याकंनले सफलता हात लागेको हो ।
९)  मूल्याङ्कण समिति र कलाकारहरूलाई के भन्न चाहानुहुन्छ ?
उत्तरः– मुल्याकन समिति र प्रतियोगिता आयोजक भक्तपुर नगरपालिकाप्रति हार्दिक आभार प्रकट गर्दछु ।
१०) तपाईको समितिमा के आर्थिक शुल्क उठाउँनु हुन्छ ? 
उत्तरः– सम्भब भएसम्म हामी कलाकार आफैले बेहोछौं । साथै सहयोगी हातहरुले आर्थिक भौतिक र नैतिक सहयोग गर्नुहुन्छ । साथै नगद पुरस्कारले पनि थप सहयोग पुग्छ ।
११) विगत वर्षमा आएको परेको पुरस्कारको रकम के गर्नुभयो र अब आउने पुरस्कार राशिलाई केमा उपयोग गर्नुहन्छ ? 
उत्तरः– बिगतका नगद पुरस्कार प्रमाणपत्र वितरण र प्याखं ब्यबस्थापनमै खर्च भो । यस वर्षदेखि सास्कृतिक  टोलीलाई चाहिने बाजा, खि, त घंगलाहरु जोहो गर्ने सोच बनाएका छ ।
१२) समितिमा सदस्यता शुल्क लिनुभएको छ ? 
उत्तरः– जनता म्वाषा भाषा म्वाइ, जनता बाचेसम्म ब्यासी सास्कृतिक समूह जीवित रहन्छ ।्र प्रगतिशिल साहित्य निर्माण र जनपक्षिया कलाकार उत्पादनमा हामी सक्रिय रहन्छौ ।
१३) के तपाईं समितिको सदस्यहरूको विचार लिएर अगाडि वढेको हो ? 
उत्तरः– हामी सामुहिक निर्णयमा चल्छौ । हरेक कुरा ब्यापक छलफलपछि प्रकाशमा ल्याउछौ । हामी जनबादी केन्द्रीयतामा बिश्वाश गछौ । अग्रजले सिकाएको यही हो ।
१४) यो गाईचा प्याँखंले जनतालाई के फाइदा छ ?
उत्तरः– गाइचा प्याखाले बिकृति बिसंगति उजागर गर्छ र समाजका कथाव्यथा जनसमक्ष प्रस्तुत गरी शिक्षा दिन्छ ।
१५) गाईचा प्याँखं प्रदर्शन नगरेमा के के नोक्शान हुने देख्नुहुन्छ ?
उत्तरः– साहित्य समाजको ऐना हो । का रोहित भन्नुहुन्छ, साहित्य राजनीतिको हतियार हो । तसर्थ नियमित गाइचा प्याखंले देशमा शासक दलले ल्याएका बिकृति विसंगतिप्रति चोटिलो प्रहार गरी कामदार बर्गलाई सचेत पर्छ । शासक बर्गले बिदेशीसंग गरेका असमान सन्धि सम्झौताको बिरोधमा आवाज बुलन्द गर्छ ।
१६) के यो साँस्कृतिक कान्ति भएको ठान्नुहुन्छ ?
उत्तरः– यसले देशमा समाजबादी कान्तिको लागि जनचेतना जगाउँछ । समाप्त 
(यसवर्षको गाईजात्रामा पुरस्कार जित्न सफल व्यासीका राजकुमार लघुको अध्यक्षतामा भएको प्रहसनको विषयमा केन्द्रित रही गरिएको कुराकानी ।) 
प्रस्तुति ः कुमार लघु 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *