सरसफाईको जिम्मेवारी स्थानीय तहको भएता पनि केन्द्रले अधिकार र श्रोत नदिएको गुनासो


मंसिर १०, २०७७, बुधबार | दिउँसो ०२:२६ बजे | 20


काठमाडौं । धुलिखेल महानगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार व्यान्जुले ‘‘नेपालको संविधानले सरसफाईको जिम्मेवारी स्थानीय तहलाई दिएता पनि केन्द्रिय सरकारले आवश्यक कानुन नबनाई दिँदा र बजेट उपलब्ध नगराउँदा अन्योलको स्थिती रहेको कुरा बताउनुभयो ।’’ एरोशान सस्टेनवल स्यानीटेसन, वैकल्पिक उर्जा केन्द्र, ग्लोबन ग्रिन ग्रोथ र नेपाल नगरपालिका संघको आयोजना भएको दिसा जन्य लेदोलाई उर्जामा परिणत गर्ने अवसर र चुनौतिका विषयमा आज मिति २०७७ मंसिर ९ गतेका दिन विभिन्न क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी लगायत शिक्षण संस्थाका विज्ञहरुको सहभागितामा एक छलफल गोष्ठि सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिकोरुपमा बोल्नु हुँदै मेयर व्यान्जुले सरसफाईलाई राष्ट्रिय अभियानकोरुपमा लग्नु पर्ने र संघीय सरकारले जिम्मा दिएको खण्डमा अन्तराष्ट्रिय सरसफाई सम्मेलन गरि नेपालमा सरसफाई व्यवस्थापनका लागि आवश्यक प्रविधि, सिप र आर्थिक लगानी भित्रयाउन सकिने दावी गर्नु भयो । कार्यक्रममा बोल्नु हँुदै पूर्व वातावरण मन्त्री गणेश शाहले ‘‘सरसफाइलाई स्थानिय तहमा प्रदेश सरकार र नगरपालिकाहरुको सक्रिय सहभागितामा सरसफाईका निति तथा कार्यक्रमहरु ढिलो नगरी लागु गर्नुपर्ने कुरालाई औल्याउनु भयो । उहाँले नेपाल खुल्ला दिसा मुक्त मात्र नभई पूर्ण सरसफाई राष्ट्रको रुपमा परिचित गर्न आग्रह गर्नुभयो ।’’ मानव मलमुत्र राष्ट्रको सम्पती रहेको र यसको सहि सदुपयोग गर्नु आवश्यक रहेको कुरा उल्लेख गर्नुहुदै सरसफाई व्यवस्थापनमा नगरपालिकाले जनशक्ति उत्पादन गर्न शिक्षण संस्थासँग साँझेदारी गरि दक्ष पेशागत शैक्षिक कार्यक्रम संचालन गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो । ‘‘मानव दिसा जन्य फोहोरको व्यवस्थापन गरि घर समाजलाई सफा राख्न सकिन्छ ।
[[img2]]
बैकल्पिक उर्जा र विश्व बैंकको आर्थिक सहयोगमा विभिन्न नगरपालिकामा गोबर ग्याँसबाट उर्जा उत्पादन गर्न पाइलोट परियोजना सुरु गरिसकिएको छ । दिसा जन्य फोहोरबाट उर्जा उत्पादनको सम्भावना अत्यधिक रहेको र कुनै प्रस्तावना आएमा अर्को वर्षको बजेट मार्फत यस क्षेत्रका लागि पाइलोट परियोजना सञ्चालन गर्न बैकल्पिक उर्जाले बजेट विनियोजन गर्नेछ ।’’ बैकल्पिक उर्जाका कार्यकारी अधिकृत मधुसुदन अधिकारीले बताउनु भयो । गाई बस्तुको फोहोरबाट विक्रेट बनाएझै मानव दिसाबाट विक्रेट बनाउँदा कस्तो प्रतिकृया आउन सक्छ भन्ने अध्ययन र अनुसन्धान हुन जरुरी रहेको छ उहाँले भन्नु भयो । बैकल्पिक उर्जाका विरष्ठ जैविक विशेषज्ञ सुसिम अमात्यका अनुसार ‘‘काठमाडौमा मात्र दैनिक १०५० वटा एलपिजि ग्याँस निकाल्न सकिने उर्जा नेपाल सरकारको निति नियम र दक्ष विषेशज्ञहरुको अभावका कारण ढल मार्फत खोलामा खेर गैरहेको छ ।’’ नेपालमा खाना पकाउनका लागि मुख्य गरि एलपिजि ग्याँसको प्रयोग भैरहेको छ भने खाना पकाउनका लागि सौर्य उर्जाको प्रयोग गर्न निक्कै गाहे छ । तसर्थ शौचालयबाट निस्कने दिसा जन्य प्रदार्थ मार्फत वयोग्याँस उत्पादन गरि एलपिजि ग्याँसलाई विस्थापित गर्न सकिन्छ भने फोहोर पानीलाई प्रशोधन गरि पुनःप्रयोगमा ल्याउन सकिन्छ । उहाँले बताउनु भयो । ‘‘सरसफाई क्षेत्रमा परिपत्र अर्थ व्यवस्थापन प्रणाली अपनाउन सकेमा फोहोरबाट फाईदा लिन सकिन्छ । शौचालयबाट निस्कने दिसा जन्य फोहोरलाई प्रत्यक्ष खोलामा मिसाउँदा विभिन्न पानी जन्य रोगहरु देखिने र ग्रिन हाउस ग्याँस उत्पादन भई वातावरणमा असर गर्ने भएकोले यसको सहि सदुपयोग गर्न सके वातावरण स्वच्छ हुनुका साथै रोजगारीको अवसर सृजना हुन सक्छ’’ जिजिजि आईका वरिष्ठ कार्यक्रम सहायक अनन्ता पाण्डेले बताउनु भयो । कार्यक्रममा बोल्नु हुँदै एरोसान सस्टेनेवल स्यानिटेसनका कार्यकारी प्रमुख प्रकाश अमात्यले भन्नु भयो ‘‘विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक ३०० मिटरको दुरीमा एउटा सार्वजनिक शौचालय निर्माण भएको हुनुपर्छ । पछिल्लो वर्ष विश्व शौचालय दिवसका दिन गरिएको वाकाथोनमा हामीले काठमाडौका भृकुटि मण्डपबाट वसन्तपुर सम्म प्रभात फेरि कार्यक्रम गर्दा विश्व स्वास्थ्य संगठनको आँकडालाई पच्छयाएको देखिन्छ । तर यी शार्वजनिक शौचालयहरु अव्यवस्थित र दुर्गन्धीत भएकोले जन मानसहरु शौचालय प्रयोग गर्न हिचकाउछन । ३ जना पुरुषले सार्वजनिक शौचालय प्रयोग गर्दा १ जना महिलाले मात्र सार्वजनिक शौचालयको प्रयोग गर्ने गरेको अध्ययनले देखाउँछ तसर्थ एरोसानले लैगिक मैत्री, अपाङ्ग मैत्री र वातावरण मैत्री सार्वजनिक शौचालय निर्माणका लागि नमुना तयार पारेको छ ।’’ सार्वजनिक शौचालयका प्रयोगकर्ताले दिएको रकम शौचालय सुधारका लागि प्रयोग नभएकोले यसका लागि उचित मापदण्ड र निर्देशिका तयार गर्नु आवश्वयक रहेको छ । उहाँले भन्नु भयो । ‘‘दिसा जन्य प्रशोधन केन्द्रको निर्माण गरेर मात्र पुग्दैन यसका लागि चाहिने पर्याप्त मानव मल मुत्र संकलन हुने स्थानको पहिचना गरी सोही स्थानमा प्रशोधन केन्द्र निर्माण हुन आवश्यक छ ।’’ इको कन्र्सनका कृष्णराम यन्दोले भने । वायोग्याँस उत्पादन गर्दा खाद्य फोहोर र दिसा जन्य पदार्थलाई १ः२ को रेसियोमा मिश्रण गर्दा धेरै वायोग्याँस उत्पादन हुन्छ – उहाँले भन्नु भयो । ‘‘२०११ देखि २०१५ सम्म चितवन र लमजुङ क्षेत्रको घर घरमा गरिएको वायोग्याँस उत्पादन सम्बन्धि अनुसन्धानमा कृषि फोहोर र मानव मलमुत्रको प्रयोग गर्दा ५० देखि १५० प्रतिशत सम्म ग्याँसको उत्पादन भई यसको खपत बढी हुने जसले बन फडानीलाई कम गराउँछ – डा. शान्ती सुवेदीले भन्नु भयो । ‘‘दिसा जन्य प्रदार्थलाई प्रशोधन र पुनःप्रयोग गर्नु आवश्यक छ । तराईमा ५०० घर धुरीले सिङ्गल पिट शौचालय प्रयोग गर्दा ७.५ लाखको मल उत्पादन हुन्छ भने डबल पिट शौचालय प्रयोग गर्दा १५ लाखको मल उत्पादन गर्न सकिन्छ तसर्थ तराईमा सिङ्गल पिट शौचालयलाई डबल पिट शौचालयमा परिणत गर्नु आवश्यक छ ।’’ खानेपानी तथा ढल व्यवस्थापन विभागका परियोजना अधिकृत देवेन्द्र झा ले बताउनु भयो ।




फाेटाेमा हेर्नुहाेस्...

Comments