भव्यताका साथ सम्पन्न अवतरण दिवसको महायज्ञ
भदौ २५, २०८१, मङ्गलबार | विहान ०८:३२ बजे | 25
८ सेप्टेम्बर १९५१ मा जन्म भएको कबीर साहेबको वर्तमान अवतारको रुपमा चर्चित सन्त रामपालजीको धरतीमा अवतरण मानेर मनाइने गरिएको अवतरण दिवस हरेक वर्ष जस्तै यस बर्ष पनि भव्यताका साथ मनाइएको छ।
यस दिवसको उपलक्ष्यमा सन्त रामपालजी महाराजका अनुयायीहरुद्वारा भदौ २१ देखि २३ गते सम्मका लागि सतलोक आश्रम धनुषामा आयोजित अखण्ड पाठ तथा विशाल भन्डारा कार्यक्रम आईतबारका दिन परमात्माको भोग आरती गरी सम्पन्न भएको छ। सन्त रामपालजीले सत्य ज्ञान प्रचार गर्दा जीवनमा गर्नुपरेको संघर्षहरुको प्रमाण तथा कबीर साहेबको जीवनमा भएका संघर्षहरुको पनि प्रदर्शनी लगाएर देखाइएका छन् । यस पाठको यज्ञमा कैयौं क्विन्टल शुद्ध घ्युको हवन रुईको बाती लगाएर गरिएको छ जसले वातावरणका साथै सबैको चित्त पनि शुद्ध बनाउने गर्छ र वेद अनुसारको विधी यहि नै हो भन्ने अनुयायीहरुको भनाई छ।
यस कार्यक्रममा विभिन्न राजनैतिक तथा प्रसासनिक गण्मान्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। सन्त रामपालजी महाराजका अनुयायीहरुले १७० युनिट रक्तदान गर्नुका साथै जम्मा १० नव जोडिहरुको दाइजोमुक्त अन्तर्जातीय सामुहिक विवाह (रमैणी) पनि सम्पन्न गराइएको छ । तेस्रो दिन आईतबार्बबिहान ९:३० बजे भोग आरती गरी प्रसाद ग्रहण गरी सन्त रामपालजी महाराजको सत्संग श्रवण गरी सम्पन्न भएको छ। कार्यक्रम सम्पन्न भए पश्चात् सर्व श्रद्धालुहरु आ-आफ्नो घर फर्किँदै छन् ।
उक्त तीन दिवसीय अवतरण दिवसको कार्यक्रममा ३ दिनमा करीब ७ लाख श्रद्धालुहरुको सहभागिता रहेको आयोजकले जनाएको छ। सबै विकृतिहरुबाट मुक्त भएको स्वच्छ, सभ्य र सुखी समाज निर्माण गर्ने आफ्नो महत्त्वपूर्ण अभियानलाई सफल पार्ने र सकृय भई लागिरहने तथा हरेक संघर्ष गर्ने सन्त रामपालजीको अठोट रहेको आयोजकले बताएका छन् ।
फाेटाेमा हेर्नुहाेस्...