पायोनियर अनलाइन क्याम्प २०२० को उद्घाट्न सम्पन्न


जेठ २४, २०७७, शनिबार | विहान ०६:२७ बजे | 45


भक्तपुर । नेपाल स्काउट, जिल्ला स्काउट कार्यालय भक्तपुर अन्तर्गत सञ्चालित पायोनियर ओपन क्र्यूको आयोजनामा पायोनियर अनलाइन क्याम्प २०२० को उदघाटन सम्पन्न भएको छ । विश्व स्काउट संगठनको आधारभूत सिद्धान्तमा आधारित रही युवा वर्गको सर्वागिन विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आइरहेको यस पायोनियर ओपन क्र्यूले हाल कोभिड १९ ले आक्रान्त पारिरहेको परिवेशमा पनि स्काउटिंग क्रियाकलापहरुको निरन्तरताका लागि यस क्याम्पको आयोजना गरेको जनाएको छ ।
स्काउट भाइवहिनीहरुको व्यक्तित्व विकास, चरित्र निर्माण र भावनात्मक विकासमा टेवा पुयाउने उद्देश्यका साथ सञ्चाािलत यस क्याम्प इन्टरनेटको माध्यमबाट आफनो सजताकासाथ सहभागी भएका थिए ।
नेपाल स्काउट राष्टिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा भएको यस कार्यक्रममा जिल्ला स्काउट कार्यालय भक्तपुरका जिल्ला आयुक्त रामगोपाल कर्माचार्य, पूर्व जिल्ला आयुक्त भक्त राजभण्डारीलगायतको आतिथ्यतमा सम्पन्न भएको थियो ।

Comments