आमाको किरिया आफै बस्नुभयो गुरुङ्ग दिदी वहिनी
मंसिर ८, २०७७, सोमबार | दिउँसो ०१:२० बजे | 20
काठमाडौं । हिन्दु संस्कार अनुसार दश किरिया केवल छोराले मात्र गर्न पर्छ भन्ने मान्यतालाई पन्छाउँदै छोरी पनि छोरा सरह नै हुन् भन्दै गुरुङ्ग दिदी वहिनी आफ्नी आमाको किरिया बस्नु भएको छ ।
समाजमा विद्यमान लैगीक विभेदका विच पनि विवाही गुरुङ्ग दिदी वहिनी आफ्नी स्वगीय माताको काज किरिया आफै बस्नु भएको हो ।
सोलुखुम्वु जुवू ४ कि आमाको काजकिरियामा जेठी छोरी अनिता गुरुङ्ग ल्च्ल्ब् जापानको वरिष्ठ उपाध्यक्ष तथा तमु धी जापानका निवर्तमान अध्यक्ष र कान्छी छोरी सुनिता गुरुङ्ग काज किरियामा बस्नु भएको हो ।
उहाँहरुलाई उहाँहरुका पती पेम्वा लामा र दिपेन्द्र श्रेष्ठले साथ दिनु भएको छ ।
उहाँहरु हाल धुम्वाराही हाइटमा अवस्थित शिवस्थली मन्दिर तथा किर्यापुत्री भवनमा आफ्नी आमाको किरियामा बस्नुभएको छ ।