श्रमिक साप्ताहिकको अन्तरक्रिया
मंसिर ७, २०७७, आइतबार | दिउँसो ०१:५२ बजे | 55
भक्तपुर । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको अयोजनमा श्रमिक साप्ताहिक बर्ष २७ अंक ४४, २ मंसिर २०७७ को अन्तरक्रिया कार्यक्रम प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एबम् बागमति प्रदेश सांसद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा जुममा विहिबार सम्पन्न भयो ।
श्रमिक र मजदुर पत्रिका नेपाल मजदुर किसान पार्टीको आँखा भएकोले कार्यकर्ताहरुलाई पढाउनै पर्ने प्रमुख अतिथि गोसाईंले बताउनु भयो । उहाँले श्रमिक निरन्तर अध्ययन गरे विपक्षले विचलित गर्ने प्रयास गरे त्यसको विरुद्ध संघर्ष गर्न सक्ने बताउनु भयो । उहाँले कम्युनिष्ट आन्दोलन, नेपालको बामपन्थि आन्दोलन, नेमकिपाको आधिकारीक धारण निकाल्न पत्रिका संचालन हुने बताउदै कम्युनिष्ट कार्यकर्तालाई समाजवादी सिपाहीं बनाउँछ भन्नुभयो । उहाँले अन्तरक्रियामा जनवर्गिय संगठनलाई पनि परिचालन गरे तालिम सरह हुने वैचारिक र सैद्धान्तिक रुपमा तयार हुने बताउनु भयो । उहाँले अहिले नेकपा(एमाले र माओवादी) र नेकाको झगडा पद र पैसाको लोभमा भएको बताउ“दै त्यस पार्टीका नेता कार्यकर्ताहरुले निर्लज्ज प्रस्तुत गरिरहेको छ भन्नुभयो । शासक र ठूलादलको गुट, लुट र पदको झगडा राम्रो लक्षण नभएको भन्दै शक्तिको दम्भ गरे त्यसैमा सकिने र अरुको पार्टी फुटाउने आफै फुट्ने बताउनु भयो । उहा“ले नेका, एमाले र माओवादीले नेमकिपाको कार्यकर्ता विगार्ने गरको पाप अहिलेको त्यसपार्टी भित्रको झैझगडा र आन्तरिक कलहले प्रस्तै भएको बताउ“दै सामाजिक अपराधी भएकोले जनताबीच उद्ग्याउनु पर्ने बताउनु भयो । उहा“ले सत्रुसंग संघर्ष गर्नको लागि उच्च मनोबल बढाउन पार्टी कक्षा आवश्यक भएको बताउदै यहि भावनाका साथ पार्टीले प्रकाशनमा जोड दिदै प्रकाशन गरिरहेको बताउनु भयो । उहाँले अध्ययन गर्न अल्छी गर्ने कार्यकर्ता राम्रो नहुने भएकोले हाम्रो कार्यक्रममा संख्यात्मक र गुणात्मक रुपमा राम्रो प्रभाव पार्न आवश्यक भएको बताउनुभयो । उहा“ले श्रमिक समाचार प्रधान भन्दापनि विचार प्रधानमा जोड दिएको भन्दै अन्तरक्रियामा राम्रोसंग अध्ययन गरि प्रस्तुत गरे भोलि त्यो समिक्षाको रुपमा आउने बताउनुभयो । उहाँले जनतालाई के सन्देश दिने पत्रिकामा हुने र पार्टीको विचार स्पष्ट हुने साथै कसैले पूजीवादको समर्थन गरे उक्त कुराको आलोचना गर्न सक्ने भएकोले श्रमिक अध्ययनको आवश्यकता औल्याउनु भयो ।कार्यक्रम नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष संजय मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उहाँले श्रमिकको सम्पादकीयमा रहेको औद्योगिक अपराधिलाई कार्यवाही आवश्यक शिर्षकमा, सचिब रामकृष्ण प्रजापतिले साहित्यले नयाँ पुस्तामा देशभक्तिको भावना जगाउने शिर्षकमा हरेक बर्ष नेपाल सम्बतको नयाँ बर्षका दिन हुदै आएको विविध भाषा साहित्य सम्मेलन कोभिड १९ को कारण जुम मार्फत गरेको समाचार बारे, सदस्य कृष्ण बहादुर प्रजापतिले राकस्थाको चाडपर्व साध्य होइनन् लेखमा, राम छुस्याकीले सोभियत अर्थशास्त्रको आलोचनाः एक अध्ययन र संरा अमेरिकामा जो वाइडनको जीत फेरी पनि मानवताको हार भन्ने लेखमा, कृष्णगोपाल गाईजुले पाठक स्तम्भ मजदुर वर्गमाथि शोषण कायम गर्न अनेकन संशोधनवादी जाल शिर्षकमा, विशेश्वर मानन्धरले “जनता रहेसम्म भाषा र संस्कृति रहन्छ” नया बर्ष नेपाल सम्बत् ११४१ को अवसरमा नेपाल भाषा साहित्य तःमुज्याको शुभकामना कार्यक्रमको समाचारमा र तुल्सी केशर प्रजापतिले भाषा र संस्कृतिको संरक्षण गर्नु मानव सभ्याताकै संवद्र्धन शिर्षकमा काठमाण्डौ टोखाको नया बर्ष नेपाल सम्बत् ११४१ शुभकामना आदान प्रदान कार्यक्रमको समाचार बारे अन्तरक्रियामा आ–आफ्नो धारण राख्नु भएको थियो ।