मेरो पियारो जितपुर गाउँ


भदौ ८, २०८१, शनिबार | विहान ११:५७ बजे | 110


मेरो पियारो जितपुर गाउँ

राजन कार्की
मेरि पियारो  जितपुर गाउँ ।
त्यो जितपुर गाउँ म कैले जाँउ ?

मेरो पियारो भाँदगाउँ“ ।
यो भाँदगाँउ त पुरानो नाँउ ।।
अलि पुर्व पल्लो मेरो ठाउँ ।
छ अति पियारो जितपुर गाउँ।।

उसै ठाँउको अन्न खाई हुर्के ।
त्यहि वनमा खेलि डुलि म हुर्के।।
त्यसै भेगको प्रकृति संग म फुर्के।
सवैको मनमा म पियारो हुन्थ्ये ।।

त्यो वनको शितल छाँयामा ।
सधै हरियाली मौसमको मायामा ।।
गाउथे  कोईली ऐसुँली घारीमा ।
म वस्थ्ये–सुन्थ्ये सुन्दर छहारीमा ।।

लटपटिन्थ्ये त्यहि तृण पतकरमा ।
खेल्थ्ये शाथीसंग त्यहि चक्करमा ।।
प्रिय शाथि र त्यहि वुढी आमामा ।
म वगाउँने छु रगत त्यहि धर्तिमा ।।

प्रकृतिको सुन्दरी ती मात्रृभूमि ।
जय माता जननि जन्य दात्रृ तिमी ।।
रगतको नशानशामा तिमी छौ मेरो ।
आमा हौ तिमी छोरा म तिम्रो ।।

त्यहिको चिसोसग्लो अमृत जलमा ।
मेरो आत सदा तृप्त भई रहन्थ्यो ।।
प्रकृतिले सुन्दर कोसेली दिएकी ।
त्यसमा स्वछन्द्ध रम्न मन पर्थ्यो ।। 

कर्तब्यले पुकार गरि रहेको ।
देशलाई शत्रृले धावा वोलेको ।।
पुन्यभुमि स्वर्ग म जन्मेको ठाउँ ।
प्राण भन्दा पियारो जितपुर गाउँ ।।

सम्झना सधै साग सिस्नो खाएको ।
जस्तै संकटमा विचलित नभएको ।।
देशभक्तली गर्दा गाउँ संग विछोड ।
मेरो जिवनपथको पाँईलोमा मोड ।।

तिम्रो भारा चुकाउनु कर्तव्य हो ।
प्रण गर्दैछु देशको लागि मर्ने हो ।।
शक्ति दिनेछ मात्रृभूमि माटोले ।
प्रणाम गर्ने छु गहिरो आत्माले ।।

समयको चक्रले कुल्चेर केहिक्षण ।
वियोगी वन्यो त्यो सुन्दर गाउँ ।।
रिह्दय वाट हिक्का पुकार आउँछ ।

तत्काल जितपुर जरुर जानू छ ।
मेरो पियारो जितपुर गाउँ ।
त्यो जितपुर गाउँ म कैले जाउँ?

पुनच्चः कविताको सन्दर्भमा केही लेखौ
वास्तवमा यो कविता अलि अगाडि करिव ६० को दशकतिर लेखिएको हो । त्यतिखेर म फौजमा देश र नागरिकको सेवामा सेवारत थिए– देशमा एक किसिमको भ्रान्तिमा रहित क्रान्ति भनिने द्वन्द्वकाल चलिरहेको थियो । यसैको सेरोफेरोमा रहेर थोरै जन्मस्थान प्रतिको मोहले लेखिएको थोरै सम्पादित गरिएको कविता प्रस्तुत  गरिएको छ । अरु पाठक÷ दर्शकको जिम्मा ।
जय मौलिक नेपाल ।

Comments