भारतीय कमेडियन भारती सिंह दम्पती लागुऔषध धन्दामा पक्राउ


मंसिर ७, २०७७, आइतबार | विहान ०१:३० बजे | 45


काठमाडौं । भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् पक्राउ परेका छन्। नारकोटिक्स कन्ट्रोल ब्यूरोले उनी र उनका श्रीमान् हर्ष लिम्बाचियालाई पक्राउ गरेर हिरासतमा लिएको हो।
प्रहरीले आज उनको घरमा छापा मारेको थियो। छापा मार्ने क्रममा उनको घरबाट गाँजासमेत बरामद गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रहरीले उनका तीन वटा घरमा छापा मारेको जनाइएको छ। ब्यूरोको हिरासतमा रहेका एक अभियुक्तले बयानका क्रममा दुवै जनाको नाम लिएपछि छापा मारेको ब्यूरोले जनाएको छ। ब्यूरोले उनको महाराष्ट्रस्थित अन्धेरी, लोखण्डवाला र बर्सोवास्थित घरमा छापा मारेको हो।
यसअघि बलिउड अभिनेता अर्जुन रामपाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। अभिनेता सुशान्तसिंह राजपूतको मृत्युपछि भारतमा लागुऔषध प्रयोगबारे अनुसन्धान तीव्र गतिमा अघि बढिरहेको छ। यो क्रममा ब्यूरोले थुप्रै बलिउडकर्मीसँग सोधपुछ गर्दै आएको छ।
भारती एक स्टेण्डअप कमेडियन हुन्। उनी चर्चित शो ‘द कपिल शर्मा शो’ मा देखिँदै आएकी छिन्। भारतीले २०१७ मा लेखक हर्षसँग विवाह गरेकी थिइन्।

Comments