शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री पुरस्कृत


भदौ १, २०८१, शनिबार | विहान ०७:४८ बजे | 95


शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री पुरस्कृत

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानले जीवनचन्द्र कोइराला स्रष्टा पुरस्कार २०८१ प्रदान गरेको छ । पुरस्कारमा २५ हजार रुपियाँ, ताम्रपत्र, दोसल्ला र रुद्राक्षमाला रहेको छ । 

कार्यक्रमका प्रमुख अतिथि माननीय उपप्रधानमन्त्री प्रकाशमान सिंहले उहाँलाई पुरस्कार प्रदान गर्नुभएको थियो । स्वतन्त्र लेखन, अनुसन्धान, सम्पादन तथा प्रकाशनका अतिरिक्त शब्दयात्रा प्रकाशनजस्तो संस्था सञ्चालनका साथै विभिन्न साधक प्रतिभालाई अनेकौँ प्रकारका सम्मान तथा पुरस्कार प्रदान गर्ने महनीय काम गर्न एक पैसा पनि सरकारी अनुदान, दानदातव्य नलिईकन समाजका मनस्वीका दानदातव्यका भरमा राज्यले सञ्चालन गरेका यस प्रकारका सङ्घसंस्थाभन्दा पनि बढी नियमित र मर्यादाबद्ध गराएर सञ्चालन गर्ने उच्चतम कलात्मक क्षमता प्रदर्शन गरी तेत्तीसवटा मौलिक कृतिसहित एक सय सैँतीस कृति प्रकाशन गर्ने आभ्यन्तरिक क्षमताको उच्च मूल्याङ्कन गर्दै पुरस्कार अर्पण गरिएको कुरा पुरस्कारको ताम्रपत्रमा उल्लेख छ । कार्यक्रमका विशिष्ट अतिथि काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा र सभापति नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति डा. कुलप्रसाद कोइराला हुनुहुन्थ्यो ।

Comments