साहित्यले जनताको सेवा गर्नुपर्ने


साउन ३२, २०८१, शुक्रबार | दिउँसो ०३:१२ बजे | 0


साहित्यले जनताको सेवा गर्नुपर्ने

भक्तपुर, ३२ श्रावण । पिप्यपकगु नेपाल भाषा साहित्य तःमुज्या भव्य रुपा सफल बनाउन साहित्यकारहरुको भेला सल्लाहकार एवम् जनकबि चन्द्रबहादुर उलकको आतिथ्यतामा शुक्रबार कमलबिनायकमा सम्पन्न भयो । 
कार्यक्रममा जनकवि चन्द्रबहादुर उलकले नाराबाजी साहित्य र पत्रपत्रिकामा आए अनुसारको हुबहु नलेखिकन कला पक्ष सवल बनाई अलंकार र उपमा प्रयोग गरि लेख्नुपर्ने बताउनुभयो । उहाँले सहित्य लेख्दा एउटै विषयमा पटक पटक लेख्ने र त्यसको तुलना गरी स्तरीय साहित्यमात्र प्रस्तुत गर्नुपर्ने बताउनुभयो । उहाँले साहित्यले जनताको सेवा गर्नुपर्ने बताउँदै जनताको भावनास्पर्शी र मन छुने हुनुपर्ने बताउनुभयो । उहाँले साहित्य समालोचनाबाट स्तरिय हुने बताउनुभयो । उहाँले साहित्य राजनैतिक हतियार भएको बताउँदै साहित्य शोसित पिडित जनताको पक्षमा हुनुपर्ने बताउनुभयो । उहाँले साहित्य समितिले गर्नुपर्ने विभिन्न कार्यहरु बारे बताउँदै सबै समितिहरु उतिकै महत्वपूर्ण भएको बताउनुभयो । 
कार्यक्रममा मुगुठीका अध्यक्ष आशकुमार चिकंबञ्जारले साहित्य पुरस्कृत हुँदैमा स्तरीय नहुने बताउँदै आलोचना भयो भनेर लेख्न छोड्न नहुने बताउनुभयो । उहाँले विद्यालयदेखि मास्तरसम्म पनि आलोचना भएको बताउँदै विचार र कला पक्ष राम्रो हुनुपर्ने बताउनुभयो । 
कार्यक्रममा भनपा वडा नं १० का वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले जसरी शारीरिक बनौटमा नाक, कान, घाँटी, आँखा, हातखुट्टा सबै सबल र चिटिक्क भएमात्र आकर्षक देखिए जस्तै साहित्य र तःमुज्या आकर्षक बनाउन सबै पक्ष राम्रो हुनुपर्ने बताउनुभयो । 
कार्यक्रममा ग्वसाखलका अध्यक्ष कृष्णभक्त लवजु र रामेश्वरी कोजूले पनि बोल्नुभएको कार्यक्रममा रामेश्वरी कोजुको संयोजकत्वमा २९ सदस्यीय गठन गरियो । 

Comments