ढोंगी र दही चिउरे निर्मल मार्काहरु
साउन २१, २०८१, सोमबार | विहान ०४:४८ बजे | 45
बक्सर
निर्मल, आकाश जस्तो शान्त निलो नभ भन्ठानेको,
तर धुम्मिएको रहेछ,
अनिश्चितताको छाया निस्केछ निर्मल मार्काहरु ।
निर्मल, निष्कलंक हुन्छ भन्ठानेको
तर ढोंगी रहेछ,
दहिचिउरे निस्केछ निर्मल मार्काहरु ।
सिक्का, राम्रो हुन्छ भन्ठानेको
तर खोटो रहेछ,
खोटो सिक्का चलाउने ग्रेसम्स ल निस्केछ निर्मलमार्काहरु ।
भाषण, सत्य हुन्छ भन्ठानेको
तर झुठो रहेछ,
झुठलाई सत्य बनाउने गोयबल्सशैली निस्केछ निर्मलमार्काहरु ।
कार्यकर्ता, इमान्दार हुन्छ भन्ठानेको
तर बेइमान रहेछ,
बेइमान गर्ने ठाउँ नपाएसम्म इमान्दारी निस्केछ निर्मलमार्काहरु ।
(फ्रेडरिक नीत्शेको भनाई निस्केछ निर्मलमार्काहरु ।)
समाज, समानता हुन्छ भन्ठानेको
तर धन नै सर्वोपरि रहेछ,
एड्म स्मिथको तलुवा चाट्ने निस्केछ निर्मलमार्काहरु ।
गिरिबन्धु, जग्गा सट्टापट्टा भन्ठानेको
तर भ्रष्ट्राचार रहेछ,
आफ्नो आँगनमा भैसिं नदेख्ने रतन्धो निस्केछ निर्मलमार्काहरु ।
राजनीति, देश र जनताको सेवा भन्ठानेको
तर डनहरुको लागि व्यापार रहेछ,
सेवा गर्नेमाथि जाई लाग्ने निस्केछ निर्मलमार्काहरु ।
समाजवाद, शिक्षा–स्वास्थ्य निःशुल्क भन्ठानको
तर शासकहरु पूँजिपति रहेछ,
भक्तपुरको प्रगति प्रति दा¥हे निस्केछ निर्मलमार्काहरु ।
विरोध, आवास योजनाको भन्ठानेको
तर दृष्टिभ्रम छरेको रहेछ,
मजदुर र किसान प्रति छद्मयुद्ध निस्केछ निर्मलमार्काहरु ।
निडर, निर्भय भन्ठानेको
तर डेमोकल्सको तरवार रहेछ,
भक्तपुरमा विषबमन गर्दै निस्केछ निर्मलमार्काहरु ।
बादल, बदलीको संगत भन्ठानेको
तर आघातले थिचिएको रहेछ,
अशान्ति र अनिश्चितताको यात्रा निस्केछ निर्मलमार्काहरु ।
तारा, नभको सपना भन्ठानेको
तर आज भौतारिएको रहेछ
मेटिएको तारा निस्केछ निर्मलमार्काहरु ।
नभ, स्वच्छ नीलो आकास भन्ठानेको
तर धुँवाधूलोले भरिएको रहेछ,
अस्तव्यस्त निस्केछ निर्मलमार्काहरु ।
मौका, निर्मलता र उडान भर्ने भन्ठानेको
तर नसुध्रिने रहेछ,
निःशंक नभका निर्मलमार्काहरु ।
जीवन, मानवीय मुल्यमान्यता भन्ठानेको
तर उच्छृखल, विकृति र विसंगति रहेछ,
जीउँदो लास निस्केछ निर्मलमार्काहरु ।
धन्यवाद !