बिनायकमा कविता प्रतियाेगिता कार्यक्रम


साउन १८, २०८१, शुक्रबार | दिउँसो ०१:५८ बजे | 55


बिनायकमा कविता प्रतियाेगिता कार्यक्रम

विनायक साहित्यिक क्लवको सक्रिय सहभागितामा विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले शुक्रबार कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरु बिच बिभिन्न तहमा कबिता प्रतियोगिता भब्य र सभ्य रुपमा सम्पन्न भयो। कबिता प्रतियोगितालाई तिन तहमा संचालन गरिएको थियो। ४/५ , ६/७ तथा ८,९ र १० समुहामा भएको कबिता प्रतियोगितामा करिब चालीस कवि कवयत्रीहरुले आ आफ्ना कबिता बाचन गरे।निकै उत्साजनक रुपमा सम्पन्न उक्त कबिता प्रतियोगितामा ४/५ बाट प्रथम एभलिन श्रेष्ठ द्वितीय सम्यक प्रजापति र तृतीय कृष्टेला तामाङ्ग भए भने ६/७ बाट प्रथम तुलज प्रजापति द्वितीय सागर दुलाल तथा तृतीय षष्ठिका बरुवाल हुन सफल भए । साथै ८-१० समुहमा प्रथम अमृता गोले द्वितीय सुबिरा श्रेष्ठ र तृतीय सुजिना कुम्पाखा भए। कबिता प्रतियोगितामा बिद्यालयका सहायक प्रिन्सिपल प्रेम निरौलाले सहित्यको महत्व तथा भानुभक्तले एउटा सानो मानिस घाँसिको अर्ति पाई साहित्यिक आकासमा एउटा कहित्यै नअस्ताउने नक्षत्रका रुपमा सदा चम्कन सफल भएको बताउदै बिद्यार्थी भाइबहिनिलाइ सहित्य लेखनमा हौसला दिनु भयाे।साथै बिद्यालयका प्रिन्सिपल सुरेन्द्र बिक्रम प्रजापती ज्युले विद्यार्थी जहिले पनि सृजनशिल हुनुपर्ने सृजनशिल बिद्यार्थि नै जिवनमा सफल हुने बताउदै बिजेता भाइबहिनिहरुलाइ पुरस्कृत गर्नुभयो। कार्यक्रमलाई सुन्दर तरिकाले संचालन गर्ने कक्षा १० का छात्राहरु सायाबुङ्ग राई तथा सुबिरा श्रेष्ठले यस्ता साहित्यिक कार्यक्रमले हामी बिद्यार्थीहरु सृजनशिल हुने र पढाइमा पनि धेरै मद्दत पुग्ने भएकाले निरन्तर यस्ता कार्यक्रम गरिरहने बिनायक शिक्षालाइ धेरै धेरै धन्यबाद दिनुभयो।

Comments