मोहन कार्कीकृत ‘कृपज’ पुस्तक सार्वजनिक गरिदै
साउन १०, २०८१, बिहीबार | विहान ०५:२९ बजे | 45
काठमाडौं: जन आकाश साप्ताहिकको १७औं वार्षिकोत्सवको अवसर पारेर जन आकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीद्वारा लिखित ‘कृपज’ नामक पुस्तक सार्वजनिक हुने भएको छ । नेपालमा ‘कृपज’ अर्थात कृषि, पर्यटन, जलविद्युत देशका विकासको आधार भएको कार्कीको पुस्तकमा उल्लेख छ । ‘कृपज’ नामक पुस्तक जन आकाश मिडियाले बजारमा ल्याउन लागेको हो । पुस्तकमा नेपाल विकास गर्न ‘कृपज’को अवधारणाबाट सम्भव छ भनेर अहिले विदेशमा रहेका युवा पुस्तालाई सुझाव सहितको उत्साहित बनाउने लेखहरु पुस्तकमा पढ्न पाइने लेखक कार्कीको भनाई छ । लेखक कार्कीले हिमाल-पाहाड-तराई भूगोलको आधारमा भुगोलहरुलाई वर्गीकरण गरेर देशको कृषि प्रणालीलाई आधुनीकिकरण गरेर लैजान सुझाव सहितको लेख पुस्तकमा पढ्न पाईन्छ । कार्कीले यो भन्दा अगाडि पनि ‘माइली’ नामक उपन्यास पूर्व उपप्रधानमन्त्री सिपी मैनालीको प्रमुख आतिथ्यमा सार्वजनिक गरिसकेका छन् । साथै ‘आउन साथी आउ सबै मिली बिजयको मिठो गीत गाउँ’ बोलको स्वदेश गान तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यमा बिमोचन गराई सार्वजनिक गरिसकेका छन् । गत वर्ष पनि विनोद कार्कीद्वारा रचना गरिएको ‘कति राम्रो रामेछापको सिन’ नामक लोक गीतको निर्देशन समेत गरिसकेका लेखक मोहन कार्कीले जन आकाश मिडियाको वार्षिकोत्सवको अवसरमा उपसभामुख ईन्दिरा रानामगरबाट गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गराएका थिए ।