टाइम पास: श्रावण महिना


साउन ५, २०८१, शनिबार | विहान ०९:३३ बजे | 45


टाइम पास:  श्रावण महिना

सुनील सापकोटा

कौसलटार , भक्तपुर हिजोआज श्रावण महिना हो। शिवको पूजाआजा गर्ने महिना। साउन र भदौ दुई महिना बर्षा ऋतु पनि हो। यो बेला चारैतिर हरियाली छाएको हुन्छ। प्रकृति मनमोहक हुन्छ । गर्मीको तापक्रम बाट राहत हुने याम हो यो। केटाकेटीहरुको स्कुल बिदा भइ खेल्ने महिना हो । यो बर्षा को महिनामा केटाकेटीहरु पौडिने र पानीमा कागजको नाउ बनाइ खेल्ने गर्छन । किसानको लागि खेतिको बेला हो। श्रावण १ गते हाम्रो पाहाडे संस्कृतिमा लुतो फाल्ने दिन पनि हो। तराई आदि वासी थारुहरुको त्यो दिन गुरिया पर्व। मैथिली र भोजपुरी भाषिहरुको संस्कृतिमा यो महिनामा भारतको यूपी र बिहार राज्यमा जवान महिला हरुले कजरी ( गीत ) गाउने समय हो। " कजरी " भनेको नवबिवाहिता महिला हरुले माइतीको सम्झना र बिदेश कमाउन गएको पतिको प्रतीक्षा मा वियोगान्त गाइने गीत लाई " कजरी " भनिन्छ । यो बर्षा याममा प्रेमी र प्रेमिकाहरुको लागी वा श्रीमान र श्रीमतीका लागि रोमान्टिक गर्ने रोमान्टिक महिना पनि हो भने हिन्दुवादी बुढा - बुढीको लागि भजन किर्तन र धार्मिक कथाहरु पढ्ने र सुन्ने हो। चिंगारी कोई भड़के, तो सावन उसे बुझाये सावन जो अगन लगाये, उसे कौन बुझाए... ? यो माथिको हिन्दीका शब्दहरु हिन्दी फिल्म " अमर प्रेम " को एउटा गितको बोल हो । जस्ले प्रेमी - प्रेमिकाको मिलन वा पति - पत्नीको मिलनको प्रतीक्षामा बसेको छटपटि लाई साहित्यमा प्रस्तुत गरेको देखिन्छ ।उहिले बर्षाको महिना अधि नै आफ्नो घर बाट पतिहरु वा प्रेमिहरु बहिर मजदूरी गर्न परदेश तिर कमाउन गएका हुन्थे । पतिहरु वा प्रेमीहरु चार महिनाको लामो बिदा लिएर बर्षा अघि नै त्यो बेला घर आउँने चलन थियो। त्यो बेला प्रचुर बर्षा हुन्थ्यो। खोला - नाला बढेको हुन्थ्यो। पुलहरु त्यति हुँदैन थियो। खोला -नालामा बाढि आएको हुन्थ्यो। डुङ्गा बाट खोला तर्ने गरिन्थ्यो । त्यसैले परदेश गएका जवान पुरुषहरु यो बर्षा याममा परदेश बाट फर्की घरमा नै बसि आफ्नो खेतीमा काम पनि गर्थे । त्यो बेला कृषि प्रधान समाज थियो । त्यसैले साहित्यमा यो श्रावण महिनाको खुव बर्णन गरेको पाइन्छ । अन्त्यमा यो महिनामा नेपालको राजनीतिमा सुधार होस् । हिजोआज घनघोर आर्थिक मन्दी अवस्थामा देशले एउटा सकारात्मक गति लियोस। सबै नेपालीहरुको जय होस् । धन्यवाद !

Comments