वितन्दा
असार २४, २०८१, आइतबार | विहान ०४:४७ बजे | 45
डा. इन्दुल के. सी.
भक्तपुर
अविरल भीषण वर्षा
वाढी पहिरो दुवान
मार्ग अवरोध
धनजनको क्षति
प्रकृतिको प्रकोप – वितण्डा ।
सदनमा राजनिती– कुनिती
विस्वास – अविस्वासको हुरी
टुट्फुट – गठबन्धन
दाउ पेचको गोटीचाल
पतो छैन बाजि कस्ले मार्ने ?
सत्ता लोलुपताको फोहरी चाल ।
हिजो तैंईचुप मैंचुप
कालोधन्दा वाट आर्जित
अकुट सम्पत्ति
लुकाई छिपाई कहाँ कहाँ ?
आज गोप्य फाईल खुल्न थाल्यो ।
जनता रनभुल्लमा
देश भताभुङमा
राजनैतिक वितन्दा ।
– २०८१÷३÷२३