प्रेम
असार २३, २०८१, शनिबार | विहान ०९:२१ बजे | 20
सुनील सापकोटा ,
कौशलटार, भक्तपुर
प्रेम एकान्तको क्रिया हो
प्रेम स्वयंमा निहित कुरा हो
प्रेम एक सपना हो
प्रेम एक भावना हो
प्रेम एक मूर्त रुप हो
प्रेम एक अमूर्त रुप हो
प्रेम कहिले सुखान्त बन्छ
प्रेम कहिले दुखान्त बन्छ
प्रेम कहिले स्मृति बन्छ
प्रेम कहिले विस्मृति बन्छ
प्रेम प्रेमिकाको
स्वीकृति होइन
प्रेम प्रेमिको
सहमति पनि होइन
प्रेमलाई प्रेम नै रहन देउ
प्रेमलाई अर्को कुनै नाम नदेउ ..