पुस्तकको सिल्पकौशलतामा डुब्दै जादा...


असार १९, २०८१, मङ्गलबार | विहान ०५:३४ बजे | 40


पुस्तकको सिल्पकौशलतामा डुब्दै जादा...

इ.लेखरत्न शाक्य
स्वयम्भू, काठमाडौं
प्रारभ्म
समीक्षासङग्रहका रचनाकार डा. इन्दुल केसीको “शब्दसागरका मोती” पुस्तक प्यारी छोरी दिब्यतारा शाक्य मार्फत मिति २०७९ चैत्र महिनाको १० गते बेलुकीको समयमा चिठ्ठा परेझै उपहार पाएँ । बहुमुखी प्रतिभाका धनी तथा विद्वान डा. इन्दुल केसीज्यूको लागि म लेख रत्न शाक्य शायद अपरिचित अनुहार होला, मैले यसै सोचें किनभने यो पुस्तक मेरो हातमा पर्नु अघिसम्म वहाँसंग प्रत्यक्ष अप्रत्यक्ष दुवै रुपमा परिचय भएको थिएन । पुस्तक हातमा परेको केहीक्षणपछि म पुस्तकको पाना पानामा डुबुल्की खेल्न थालेँ । शायद यो हरेक पुस्तक प्रेमीहरुको लोभी आँखाका रोग नै होला जस्तो ठानेको छुँ ।
पुस्तकको पानाहरुमा डुबुल्की मार्दा डा. इन्दुल केसीज्यूलाई एक प्रतिभाशाली राष्ट्रिय अस्मिताको उच्च शिखरका व्यक्तित्व भएको पाएँ । जस्तो की एक कुशल सुचिकारले हरेक पटक सिलाईको काम सकिएपछि सियोलाई सम्मानस्वरुप आदर्श गरेर पटकैपिच्छे शीरमा लगाएको टोपीका विश्राम दिन्छन् । किनभने सियोको काम टुक्राटुक्रि बनेको कपडालाई सियोको मद्दतले सिएर एउटा आकर्षक, सुन्दर र जीउदाल सुहाउँदो चितिक्क परेको पहिरन  बनाउने काम सियोको हो । त्यसैले कुशल सुचिकारले त्यसको महत्वलाई उचित स्थान दिएर सम्मान गर्नु कहिल्यै विर्सिदैन । त्यसैगरी डा. इन्दुल केसीज्यूले राष्ट्रिय  अस्मितालाई “शब्दसागरका मोती” पुस्तकमा त्यो कुराको सन्देश आजका युवा जगत्सम्म पुगोस् भन्ने भावना जगाउन खोज्नुभएको देखिन्छ । 
महाकवि देवकोटा बहुमुखी प्रतिभाका धनी तथा असाधारण लेखक स्वदेशमा र  विदेशी भूमिमा पनि जाज्वल्यमान कृति भएका महान लेखक भए जस्तै डा. इन्दुल के. सी. पनि नेपाली साहित्यका ज्ञानपुँजीको युगको क्रियाशील व्यक्तित्वमा स्थापित हुनुहुन्छ भन्ने मैले ठानेको छुँ । मानिसको ज्ञान र सिर्जनात्मक क्षमता श्रीबृद्धि गर्न वेद शिक्षा र दर्शनले हाम्रो जनशक्तिले ज्ञानको निर्माण र विस्तार गर्न अहम बरदान नै भएको छ जुन वहाँले शब्दसागरका मोती कृतिमा सविस्तार चर्चा गर्नु भएको छ । यो पठनीय र अगिकार गर्न युवापीँढीको लागि प्रेरणाका स्रोत भएको छ । 
वेद र शिक्षा
वेद संसारका धेरै ग्रन्थहरुको पिता मानिन्छ र हुन पनि धर्मको प्राचिन पवित्र ग्रन्थहरुको नाम हो बेद । अर्को शब्दमा भन्नु पर्दा बेदको अर्थ हो, ज्ञान । बेद मन्त्र मात्र होइन, यो महान जीवन निर्माणका लागि अत्यन्तै आवश्यक शिक्षा रुपी दर्शन पनि हो । बेदले शिक्षाको उतरोत्तर उन्नतिको लागि धेरै मन्त्रहरु दिएका छन् ।  त्यसै गरी बौद्ध दर्शनको विषयमा पनि वहाँले बलियो तर्कको रुपमा सरल र सवैले बmुझ्ने शैलीमा आफ्नो विचार पोख्नु भएको छ भन्नुमा शंका गरीरहनु पर्दैन जस्तो लाग्छ । जुनबेला भारत भन्ने देश थिएन, मानौं त्यस क्षेत्रका मुलुकहरु (हालको भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, भुटान, थाइलायान्ड, बंगलादेश) जम्बोदिप नामले प्रख्यात थियो । तर नेपाल भने त्यतिबेला पनि स्वतन्त्र मुलुक नै थियो । अन्य जम्बोदिप मुलुकहरु भने सत्ता र राज्य विस्तारका लागि, झैझगडा र युद्धमा डुबुल्की मारीरहेकै गियो । त्यतिबेला नेपालको कपिलवस्तुमा एक स्वतन्त्र गणराज्य नामले परिचित देश कपिलवस्तु राज्य थियो । यही राज्यको राजकुमार गौतमले पछि बोधि ज्ञान लाभ गरेपछि बुद्ध दर्शनको पादुर्भाव गर्नुभयो जुन पछि गएर बौद्ध दर्शनको नामले विश्वमा प्रख्यात भयो । बुद्धको मध्यमार्ग शिक्षाले मानिसलाई धर्म र अधर्म वारे जनचेतना संचार गर्ने सिद्धान्त प्रतिपादन गर्नु भयो । त्यसैलाई विद्धानहरु अहिले बुद्ध शिक्षा भनिन थाले ।  
बौद्ध दर्शन र बुद्ध
विश्वको सवैभन्दा प्राचीन साहित्य वेद के हो भन्ने वारेमा सरल र मीठौ शैलीमा वर्णन वहाँको अनुपम खुवी हो भन्ने एक सामान्य पाठकको रुपमा धेरै कुरा बुझन पाएँ । वेद सनातन वर्णाश्रम धर्महरु मूल तथा सबैभन्दा प्राचीन ग्रन्थ मानिन्छ । वेदको शाब्दिक अर्थ ‘ज्ञान’ हो र सृष्टिकालदेखि यो ज्ञानको मूल हो भन्ने बुझाउने गरिएको छ । जस्तै अहिले विश्वका प्रचलित शिक्षा प्रणाली हेर्ने हो भने टाढा जानु पर्दैन । नजिकैको उत्तर छिमेक मुलुक चीनको शिक्षा प्रणाली हेरे पुग्छ । अबको संसारमा वेदले नै भने अनुसार मानिस र संसार बाँच्नको लागि अत्यावश्यक आठ वटा सीपहरु विश्व नागरिक, सिर्जनशील, प्राविधिक तथा स्व–चालित वा गति सिकाई, अन्तरवैयक्तिक समावेशी, समस्या समाधान, सहकार्य जस्ता ज्ञान र सीप सिक्नु सिकाउनुमा जोड दिएकै कारणले चीन आज विश्वमा अमेरिका जस्तो आफूलाई सर्वसक्तिमान ठान्ने मुलुक थर्कमान भएर बस्नु परेको कुरा हामी माझ छर्लङ छ । चीनले यी आठ वटा सीपमा अत्यन्त महत्वका साथ पूर्णआनन्द दिने भनि पुराना कन्फयुसियजमसंग सामञ्ज्यसतामा रहेर मानविकी शिक्षामा बलियोसंग जोड दिएको छ । 
अन्तमा
  यस पुस्तकमा दिइएका टिप्पणीको हरेक शीर्षकका लेखरचनाहरु शिक्षाप्रद, मनन्योग्य तथा कुनै किसिमको संकीर्णता यसमा देखिएन, लाभप्रद छ । लेखकज्यू अनुभव, ज्ञान र विचारले पनि यो पुस्तक न त साम्प्रदायिक धर्म हो न त पक्षपाती धर्म भाषा, जाति, वर्ण वर्ग, देश काल, परिस्थिति आदिको कुनै कहीँ कतै भदभाव यसमा देख्न सकिदैंन । यो पुस्तक युवायुवती र बृद्धबृद्धा जोजुकैले पढेर आत्मसात गर्न मिल्ने उपयोगी हो, सवैलाई धर्मज्ञान दिने लिने उपयोगी पुस्तक हो भन्ने मलाई लाग्दछ ।
आजको दिन आफूलाई सौभाग्यको एक पात्रको रुपमा पाएको मसहुस गरिरहेको छु किनभने “शब्दसागरका मोती” समीक्षा सङग्रह पुस्तक एक ज्यादै उपयोगी भएको पाएँ । हुनत म साहित्यकार वा साहित्यको जानकार व्यक्ति होइन तथापि यस पुस्तकका पानापाना आँैलाहरुले स्पर्श गर्न पाउँदा कता कता आफैलाई यसका पानाहरु नछुटाइकन पढने जिम्मेवारी साक्षत भगवान श्री पशुपतीनाथ र अनवरत प्रयासले भगवान अरहत सम्यकसम्बुद्धले सर्वज्ञ बोधित्व प्राप्त गरी बोधिपक्षीय मौलिक धर्मसमूह प्रदान गर्नु भएका गौतम बुद्धको अनुपम प्रेरणाले यो अवसर जुटाई दिएको जस्तो मैले अनुभव गर्न पाएँको महसुस् गरें । अध्ययनपश्चात् यसलाई केलाएर सारसङग्रहको रुपमा समीक्षात्मक टिप्पणी गर्नु साहित्यको अक्षर नबुझने एक प्राविधिज्ञको लागि कठिन विषय हो । मेरो अन्तर मनले यही भन्छन् । 

Comments