बुद्ध धर्मका तीन पुस्तक एकैसाथ प्रकाशित
असार १६, २०८१, शनिबार | दिउँसो १२:४० बजे | 55
भक्तपुर । बुद्ध धर्म सम्वन्धिका तीन पुस्तक एकैसाथ प्रकाशित गरिएका छन् । विनयमुख (भाग १), विनयमुख (भाग २) र विनयमुख (भाग ३) प्रकाशित भएका हुन् ।
थाइल्याण्ड भाषामा प्रकाशित पुस्तकहरुलाई नेपाली भाषामा रुपान्तरण गरी प्रकाशित गरिएको हो । पुस्तकलाई नेपाली भाषामा भिक्खु विपस्सी महास्थविरले उल्था गरेका हुन् । भिक्खु विपस्वी महास्थविर भक्तपुर नगरपालिका वडा नं ७ स्थित मुनि विहारमा वस्नुहुन्छ । भाग १ र भाग ३ दुईवटा पुस्तकको मूल्य प्रति पुस्तक पाँंच सय मूल्य तोकिएका छन् । दुवै पुस्तक चार पाँंच सय पृष्ठका छन् । भाग २ को मूल्य भने तीन सय तोकिएको छ । तुलनात्मक रुपमा पातलो यो पुस्तक तीन सय २० पृष्ठको छ ।
यी तीन वटै पुस्तकहरु बौद्ध धर्मका पथप्रदर्शक रहेको पुस्तकलाई नेपाली भाषामा रुपान्तरण गरेका भिक्खु विपस्वी महास्थविर बताउनुहुन्छ । यी पुस्तक भनेको देश चलाउने संविधानजस्तै हुन्, उहाँंले भन्नुभयो । पुस्तकको प्रकाशक भिक्खु विपस्वी महास्थविर आफैं रहेका छन् ।