भनपाले जस्तै शिक्षा क्षेत्रमा लगानी गरेको भए विद्यार्थीहरु विदेशिनुपर्ने थिएन


असार ४, २०८१, सोमबार | दिउँसो ०२:१७ बजे | 60


भनपाले जस्तै शिक्षा क्षेत्रमा लगानी गरेको भए विद्यार्थीहरु विदेशिनुपर्ने थिएन

भक्तपुर । निओ फ्युजन स्कुल अफ कम्प्युटरमा कम्प्युटर तालिम लिइरहेका एस ई ईका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि भक्तपुरका विभिन्न माध्यामिक विद्यालय, कलेजका प्राध्यापकहरुबाट अभिमुखिकण कार्यक्रम गरियो । कार्यक्रममा विज्ञान, व्यवस्थापन, शिक्षा, कानुन, मानविकी, सिटिइभिटीका सम्पूर्ण संकायहरुबारे छात्रवृद्धि तथा प्रवेश परीक्षामा उच्च मुल्याकंनमा कसरी सहभागी हुने सम्वन्धकमा दिशा निर्दैश गरेको छ ।

कार्यक्रममा ख्वप माध्यमिक विद्यालय, वागीश्वरी माध्यमिक विद्यालय, बासु माध्यमिक विद्यालय, आदर्श आजाद माध्यमिक विद्यालय, शारदा माध्यमिक विद्यालय र ख्वप बहुप्राविधिकका प्राचार्य तथा शिक्षकहरुको सहभागिता रहका छन् ।

कार्यक्रममा ख्वप माध्यमिक विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यका अनुसार भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रले गरेको लगानी देशबाट भएको भए नेपालका अधिकांश विद्यार्थीहरुले उच्च शिक्षाका लागि विदेशीनुपर्ने छैन्, यहाँका आवश्यकतालाई हेरी शिक्षालाई श्रमसंग जोडिएर कार्यनिति बनाएको खण्डमा कोही युवा वेरोजगार हुने छैन र विदेशमा रगतको पसिना बगाइरहनु पर्ने छैन । शिक्षाले मानिसलाई नयाँ सोच र खोजको दिशा निदैश गर्ने भएकाले एस ई ई दिएर बसेकाहरुले उच्च शिक्षाका बेलैमा सोचर कलेजको छनोट गर्नुपर्ने बताउनु भयो । शिक्षाको विषय छनोटको बेला राम्रोसंग सोच विचारले गर्दा भविष्यमा अनौलता नहुने बताउनु भयो ।

वागीश्वरी माध्यमिक विद्यालयका प्राचार्य कृष्णप्रसाद धन्छाले शिक्षा नमरुन जेलसम्म पनि पनि निरन्तर गर्नुपर्ने कुरा गरिदै विकसित देशहरु शिक्षाले गर्दा नै अझ विकास भएको र रोजगारील वढाई अरु देशका युवाहरु सहभागीता गराई अझ देशको आम्दानीलाई बढाएको बताउनु भयो । समय सापेक्षको शिक्षाले गर्दा बिकसित मुलुकले तरकी पाएको बताउनु भयो । शिक्षामा गर्नुपर्ने लगानीमा सरकारको ध्यानाकर्षण अझ कम भएको बताउनु भयो । कतिपय शिक्षाहरु गल्टीबाट जीवनभरको लागि एक मजवुद शिक्षाको रुपमा लिइएको छ । एस ई ईमा कम ग्रेड आउने निरास हुने र बढी ग्रेड आउनेको फुर्टी भएको र परिवारजनले भोज भटेर गरेर थप प्रत्साहन गर्ने चलनले गर्दा समाजमा एक किसिमको चलन चलिएकोमा खेत प्रकट गर्नुभयो । एस ई ई एक तहमात्र हो यस्ता तह अव उपरान्त १० वर्ष नियमित चलाउनु पर्छ त्यसैले शिक्षा क्षेत्रमा व्यवहारिकता नभएको परिवारले गर्दा आफ्ना बालबालिको पनि त्यस्तै व्यवहार भएको बताउनु भयो ।

शारदा माध्यमिक विद्यालयका प्राचार्य रोशनराज तुईतुईका अनुसार उच्च शिक्षा हासिल गर्न बालबालिकालाई परिवारले दिएको दवावले गर्दा उनीहरुको पढ्ने प्रतिको मनसाय नै घटेको बताउनु भयो । परिवारमा बुवाको इच्छा र आमाको इच्छाले गर्दा आजका बालबालिकाको भविष्य अन्यौलमा रहेको बताउनु भयो । बालबालिकालाई केही थाहा नभएको र उनीहरु केहि नआएको जस्तो खालको व्यवहार परिवार गर्छ त्यसैमा बालबालिकाको आत्मविश्वसमा ठेस पुगिरहेको बताउनु भयो । त्यसैले उच्च शिक्षाका लागि उनीको विचार र मनलाई बुझि परिवारले आफ्नो विचार र सल्लाह दिदाँ बालबालिकामा एक किसिमको आत्मविश्वास र स्वावलम्वी बन्न प्रेरित गर्छ ।

बासु माध्यमिक विद्यालयका डिप्लोका इन्चार्ज कम्प्युटर इन्जिरियर रमेश प्रजापतिले सीटीभिटिका कोर्षहरुले विद्यार्थीहरुलाई स्वरोजगारीको भुमिका खेल्ने बताउनु भयो । विद्यार्थीहरुलाई उद्यमशिलता तर्फ केन्द्रित गरि कोर्षहरुको बनावट गर्न जरुरी भएको बताउनु भयो । भक्तपुरमा कम्प्युटर, कृषि, सव इन्जिनियरिङ्ग, नर्सिङ्ग, ल्याव र फार्मेसीको डिप्लो कोर्षहरुको राम्रो व्यवस्थापन गरि पढाई भइरहेको बताउन भयो । पढाईसंगै कामको सुअवसर पाउने तथा सैद्धान्तिक भन्दा प्रयोगात्मक कक्षाले गर्दा छिटो रोजगारी पाउन सकिने भएकाले विद्यार्थीहरु यस तर्फ आकर्षित भएको बताउनु भयो ।

ख्वप बहुप्राविधिकका शिक्षिका प्रभा प्रजापतिकाले पहिला नर्सिङ्ग तर्फ पुरुषलाई पनि समावेश गरिएको थियो तर केहि समय बन्द गरी हाल पुरुषको लागि पनि कोटा खोलिएको बताउनु भयो । नसिङ्ग शिक्षाको आवश्यकता र यसको व्यवस्थापन बारे प्रकाश पार्दै नसिङ्गले पाउने तलब सुविधा र काम बारे खुलाउनु भयो । नसिङ्ग शिक्षा हाल निकै फलदायिक तथा रोजगारी मुलक भएको बताउनु भयो । नसिङ्गमा प्रवेश गर्न र यसले भोलिका दिन बिएस सी र पिएस डिसम्मको अध्यापन गर्ने दिशा देखाउनु भयो ।

आदर्श आजाद माध्यमिक विद्यालयका कानुनका शिक्षक लक्ष्मीसुन्दर सुवालले कानुन विषय रोज्नुको कारण तथा यसले भावी उच्च शिक्षामा जान सक्ने क्षेत्रबारे अभिमुखिकरण गर्नु भयो । कानुनका विद्यार्थीलाई व्यवहारिक तथा सामाजिक रुपमा काम गर्न सहज हुने र प्रत्येक्ष समाजलाई सहयोग हुने बताउनु भयो । सबै संकाय उतिकै राम्रो तर पढ्ने विद्यार्थीले बुझ्ने कुरामा फरकता हुने र यसले भाविष्यमा देखिएका समस्या बारे औल्याउनु भयो । कानुन विषय अध्ययनका लागि भक्तपुर आज सक्षक भएको बताउनु भयो । हिजोका दिनहरुमा यस विषय पढ्न प्राइभेट कलेजहरुले मोटो रकम लिने र पढाईलाई कमर्सियल बनाइ पढाइ दिनाले कानुनका विषय अलि ओझेलमा परेको बताउनु भयो ।

कार्यक्रममा आयोजनक निओ फ्युजन स्कुल अफ कम्प्युटरका निर्देशकले आफुलाई काठमाडौंका कलेजहरुले विद्यार्थीहरु भ्रमण गराए वापट केहि रकम दिने जस्ता लोभलालच देखाएकाले यस किसिमका कार्यक्रमहरु गरेको बताउनु भयो । भक्तपुरका कतिपय इन्टिच्युटहरुले कलेज भ्रमणको नाममा विद्यार्थीहरुलाई लगेर मोटो रकम पाएको बताउनु भयो । भक्तपुर कुनै पनि क्षेत्रले कमजोर र अयोग्य नभएको बताउनु भयो । यहाँका कलेजहरु, इन्टिच्युटहरु, राजनिति, प्राकृतिक सौन्दर्य, धरोहर, नाचगान, चार्डपर्व र रितिरिवाज सबैमा दक्ष भएको र राम्रो, सस्तो सुर्लभ तथा व्यवहारिक शिक्षामा अग्रनी भुमिका निर्वाह गरेको बताउने भयो । कार्यक्रममा ५० वटा विद्यालयबाट ३७५ जनाको सहाभागिता रहेको बताउनु भयो । जसमा २५ जिल्लाका विद्यार्थीहरु रहेको बताउनुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

भनपाले जस्तै शिक्षा क्षेत्रमा लगानी गरेको भए विद्यार्थीहरु विदेशिनुपर्ने थिएन

Comments