सकियो सार्वजनिक शैक्षिक गुठी बिद्यालय संघ नेपालको बार्षिकोत्सव तथा राष्ट्रिय महाधिवेशन


असार २, २०८१, शनिबार | साँझ ०४:१७ बजे | 5


सकियो सार्वजनिक शैक्षिक गुठी बिद्यालय संघ नेपालको बार्षिकोत्सव तथा राष्ट्रिय महाधिवेशन

पोखरा, १ असार 
सार्वजनिक शैक्षिक गुठी बिद्यालय संघ नेपालको १५ औं बार्षिकोत्सव तथा सातौं राष्ट्रिय
महाधिवेशन कास्कीको गण्डकी बोर्डिङ्ग स्कूलको हलमा भब्यताका साथ सम्पन्न भयो । सार्वजनिक शैक्षिक गुठी
बिद्यालय संघका राष्ट्रिय अध्यक्ष रुपक राजवंशीको अध्यक्षता तथा गण्डकी विश्वबिद्यालयका उपकुलपति
नवराज देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा उहाँले समस्या, पहिचान र लक्ष्यहरु हामी शिक्षा
क्षेत्रमा कार्यगर्नेहरुको सबै एक हो भन्नुभयो । सर्पले नै सर्पको खुट्टा देख्छ भन्ने जस्तै हामीले नै देख्ने र सभाधानको
प्रयास गर्नुपर्ने बताउनुभयो ।
सामाजिक, राजनैतिक, ब्यावसायिक क्षेत्रमा लागेका मानिसहरु जस्तो नभई हामी शिक्षा क्षेत्रमा लागेका मानिसहरु सधै्र
सक्रिय रहनुपर्छ भन्नुहुँदै शिक्षक इतिहासको कालखण्डको रोलमोडल हो भन्नुभयो । समारोहमा सार्वजनिक शैक्षिक
गुठि बिद्यालय संघ नेपालका वरिष्ठ उपाध्याय जे.एस. पौडेलले संघले हालसम्म गरेका कार्यहरु र गुठी विद्यालयका
समस्याहरुको बारेमा जानकारी गराउनुभयो । साथैसल्लाहकार एवं बुढानिलकण्ठ विद्यालयका प्रिन्सिपल श्री केसर
खुलालले शुभकामना मन्तव्यका साथै बिद्यालयहरुका सन्दर्भमा सरकारले निश्चित नीति तयारी गर्नु पर्ने बारे उल्लेख
गर्नुभयो । त्यसैगरि संघका संस्थापक अध्यक्ष श्री रमेशमान महर्जनले हाम्रा समस्याहरू सरकारले सुन्न नचाहेको र
विरोध पनि नगरेको वताउनुभयो ।
कार्यक्रमको प्रथम सत्रको अन्त्यमा कार्यक्रमका सभापति एवं सिद्धार्थ वनस्थली इन्स्टीच्युटका प्राचार्य श्री रूपक
राजवंशीले संघको आगामी कार्यसमितिले गर्नुपर्ने कामहरुको वारेमा वताउनु भयो । कार्यक्रमको दोश्रो सत्रमा श्री
जे.एस. पौडेलको अध्यक्षतामा १९ सदस्यीय कार्य समितिको चयन गरिएको थियो।

Comments