भोलिदेखि ख्वपका समाजशास्त्रका विद्यार्थीहरुको कार्यक्षेत्र अध्ययन


जेठ ३१, २०८१, बिहीबार | विहान ०७:३३ बजे | 170


भोलिदेखि ख्वपका समाजशास्त्रका विद्यार्थीहरुको कार्यक्षेत्र अध्ययन

भक्तपुर । कि त पढेर कि त परेर मात्र सिकिन्छ भन्ने भनाइ धेरैले सुनेका छौ तर हालका विद्यार्थीहरुले भने पढदै अनि पढेका कुरालाई समाजमा परिक्षण पनि गर्ने मौका पाएका छन् । शैक्षिक क्षेत्रमा दिनप्रतिदिन विभिन्न नयाँ नयाँ विधिहरु विकास हुदै छन् । विद्यार्थीहरुलाई कक्षाकोठा भन्दा बाहिर लगेर वास्तविक समाजको, अवस्था, जीवनशैली ,रहनसहन, धर्म संस्कृतिको बारेमा जानकारी गराउनु पर्दछ । यसै कुरालाई मध्यनजर गदै ख्वप कलेजमा समाजशास्त्र विषय लिई स्नातक तह प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको ३ दिने फिल्ड भिजिट कास्की कालाबाङ गुरुङ समुदायमा हँुदै छ । अध्ययन शुक्रबारदेखि आइतबारसम्म हुने जनाइएको छ । 
भिजिटको क्रममा विद्यार्थीहरुले मानसिक स्वास्थ्य, परिवर्तित लैगिक भुमिका, सामाजिक र साँस्कृतिक अवस्था, महिला सहभागिताबारे सामाजिक सर्वेक्षण गर्नेछन् । यसै क्रममा विद्यार्थीहरुले  जेष्ठ नागरिकहरु सँग समुह केन्द्रित छलफल, मामिला अध्ययन गरिने बारेमा समाजशास्त्रका उपप्राध्यापक सुनिता गाइसीले बताउनुभयो । 

Comments