लघु कथा ः सरकार
जेठ ३१, २०८१, बिहीबार | विहान ०२:२२ बजे | 20
सुनिल सापकोटा
एकादेशमा एउटा अन्धो भिक्षा माग्दै एउटा राजाको दरवारमा पुगेछ । राजालाई दया लागेर एकजना मन्त्री लाई भनेछन् – “ यो माग्ने लाई पहिले राम्रो खान देउ । अनि त्यसपछि यसलाई राम्रो वैद्य काँहा लगेर इलाज गर। ताकी यो ठिक भयो भने येस्ले भविष्यमा हाम्रो राज्यमा यसरी माग्दै हिंड्नु न परोस् । “
मन्त्री ः “ सरकार ! हजुरको आज्ञा भए हजुर सङ एउटा प्राइभेटमा केही बिन्ती गर्न चाहान्छु ।
राजा “ लौत ! त्यो पल्लो बैठक कोठामा हिंड्।
बैठक कोठामा पुगेपछी मन्त्रीले राजा लाई भन्यो।
मन्त्री ः “ सरकार ! यो अन्धो त हस्टपुस्ट छ। स्वास्थ्य छ । जवान छ । बाठो जस्तो पनि लाग्छ । येस्को इलाज बाट भोलि आँखा ठिक भयो भने येस्ले देख्छ । अनि भोलि येस्ले हाम्रो राज्यको कमजोरी थाहा पाउँछ । जागिर माग्ला । हाम्रो राज्यको भ्रष्टाचार र अनियमिताको बिरोध गर्ला । अनि हाम्रा बिद्रोहीहरु संग मिलेर हिंड्ला। त्यसैले मेरो कुरा मान्नु हुन्छ भने यसलाई दरवारको कोषबाट खान दुई छाक खान मात्र दिउ । येस्को इलाज न गरौं। येस्ले समाजमा हजुरको गुनगान गर्दै त हिंड्छ । “
राजा ः तिमिले ठिकै भन्यौ। मैले त त्यता बिचार नै गरिन । ल .. त त्यसै गर।