माक्सको उचित व्यवस्थापन हुनुपर्छ ।


कार्तिक २३, २०७७, आइतबार | विहान ०७:३५ बजे | 75


रोजिना सुलु

अहिलेको यो समयमा मानिसका निम्ति स्वास्थ्य नै सबै भन्दा ठुलो धन हो । दिनप्रतिदिन कोरोना संक्रमण र मुत्यु हुने मानिसहरु बढी रहेको छ । यस्तो बेलामा मानिसहरु आफू सुरक्षित तथा संक्रमित नहुनका लागि माक्स तथा पन्जाको प्रयोग गर्नेछन् ।
अहिले मानिसहरु घर बाहिर निस्कनु अघि माक्स तथा पन्जाको अनिवार्य लगाउने गर्ने गछन् र घर बाहिर सार्वजनिक ठाउँमा सामाजिक दुरी कायम गर्छन् । तर माक्स, पन्जा र सामाजिक दुरी कायम गरेर मात्र हुँदैन प्रयोग गरेको माक्स, पन्जाको राम्रो व्यवस्थापन हुनुपर्छ ।
अहिले यदि हामी घर बाहिर तथा बाटोमा हिँड्दै गर्दा हामीले बाटोमा फालिएका माक्स देख्न सकिन्छ । कुनै एक ठाउँमा मात्र नभइ भक्तपुरका विभिन्न ठाउँको सडकको   साइडमा मानिसहरुले प्रयोग गरिएको माक्स  फालिएको हामीले देख्न सक्छै । माक्सको उचित प्रयोग गरेर मात्र हुँदैन त्यसको राम्रो व्यवस्थापन पनि हुनुपर्छ । एक व्यक्तिले प्रयोग गरेको माक्स अर्को व्यक्तिले छुनु हुदैन। प्रयोग  गरिएको  माक्स बाटोमा फाल्नु त राम्रो होइन नि । यदि बाटोमा फालिएको माक्स कुनै कोरोना सङ्कमित व्यक्तिको भएमा पैदल यात्री सुरक्षित हुन्छन्  त? प्रयोग गरिएको माक्स प्रयोग गर्न  व्यक्तिले आफै व्यवस्थित गर्न पर्छ ।
माक्सको प्रयोगका लागि विभिन्न जनचेतना का कार्यक्रमहरु र विभिन्न  सञ्चारमाध्यमहरुले पनि जनचेतनाका कार्यक्रम गरेको छ ।त्यस्तै गरी प्रयोग भएको  माक्स र पन्जाको व्यवस्थापनका लागि पनि विभिन्न कार्यक्रमहरु हुनुपर्छ । तर प्रयोग गरेको माक्स लाई के गर्ने र के गर्नु हुँदैन धेरै कम जनचेतनाका कार्यक्रम भएको जस्तै छ । त्यसैले त आज हामीले बाटोमा फालिएको देख्न सक्छै ।


Comments

ताजा खबर