फेरि पनि त्रिविको लापरबाही ः विद्यार्थी पीडित (प्रमाणसहित)
जेठ २९, २०८१, मङ्गलबार | विहान ११:४० बजे | 10
काठमाडौं । त्रिभुबन विश्वविद्यालयको लापरबाहीले फेरि पनि विद्यार्थी प्रभावित भएका छन् । नेपालीमा पढनुपर्ने विषयमा प्रश्नपत्र अंग्रेजीमा आएर विद्यार्थी मारमा परेका हुन् ।
परीक्षा तालिका अनुसार मानविकी संकाय अन्तर्गत स्नातक तह चौथौ वर्षको नेपाल अध्ययन विषयमा परीक्षा थियो । नेपालीमा पढेका विद्यार्थी नेपालीमा उतर लेखौला भनी परीक्षा हलमा पुगेका थिए । तर प्रश्न अंग्रेजीमा आएपछि उनीहरु वाल्ल परे ।
फाेटाेमा हेर्नुहाेस्...