क्रान्ति विना हुन्छ के ?
जेठ २८, २०८१, सोमबार | दिउँसो १२:५३ बजे | 50
रामकृष्ण प्रजापति
पटक पटक संघर्ष र आन्दोलनहरु भए
के त्यसबाट कसैलाई मिल्यो के ?
संघर्षमा शहीद भयो व्यवस्था फेरियो,
सरकार फेरियो समस्या उहीं सबैलाई मिल्यो के ?
आन्दोलनमा वित्यो यो जीवन गुम्यो संसार
समाजले सोध्यो मैले गुमायो के ? उपलब्धी के ?
जुन दिन आमूल परिवर्तन चाहेका जनता
जीवन स्तर परिवर्तन नहुँदा टुट्यो सपना के ?
जुन दिन जसको लागि परिवर्तन चाहेको
भन्यो उसले सोध्यो तिमिले गर्यो के ?
परिवर्तनका बाधकहरु खुसि छन् धेरै,
त्यस्ता बाधकहरुलाई सजाय के ?
हातमुख जोड्न धौधौ छ बेरोजगारी छ,
विदेशमा दास बन्न बाध्य छ आन्दोलन के ?
मुखमा परेको घाँटीबाट निल्दैन यो
संघर्षबाट उपलब्धीको भन्नु लक्ष्य के ?
त्यसैले पनि मलाई पँुजिवादी आतङ्कले खाइरहेछ,
कि यो संसारमा सशस्त्र क्रान्ति विना हुन्छ के ?