ख्वपमा डिजाइन थिङकिङ विषयमा एकदिने कार्यशाला गोष्ठी
जेठ २८, २०८१, सोमबार | विहान ११:३५ बजे | 35
सुनिता गाइसी
भक्तपुर । ख्वप कलेजमा संचालित इएसपी कार्यक्रम अन्तर्गत डिजाइन थिङकीक् विषयमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भयो । यस कार्यशाला गोष्ठीका स्रोत व्यति युवा उद्यमी सन्तोष पाण्डे थिए । व्यवसायको सुरुवात कसरी गर्ने, व्यवसाय गर्दा आइपर्ने समस्या, बजार, मार्केटिङ्ख, कसरी आफनो व्यवसायलाई टिकाई राख्ने भन्ने विषयमा कार्यशालामा विशेष छलफल गरियो । उद्यमी बन्ने होडमा रहेका युवा विद्यार्थीहरुलाई प्रशिक्षक पाण्डेले व्यवसायमा सफलता पाउन सजिलो छैन ,पाएको सफलतालाई टिकाई राख्न अझै कडा मेहनत गर्नु पर्ने बारेमा विशेष जोड दिनुभएको थियो । प्रशिक्षक पाण्डेले कुनै पनि व्यवसाय सुरुवात गर्दा कस्ता समस्याहरु छन् त्यसको बारेमा अध्ययन अनुसन्धान गरेर मात्र व्यवसाय सुरु गर्नुपर्ने बताउनु भयो । व्यवसायको सुरुवात गर्न धेरै पुँजीको भन्दा पनि नयाँ व्यवसायीक सोचको आवश्यकता पर्दछ । नयाँ व्यवसायिक सोचले मात्र बजार पाउने हुनाले हरेक उद्यमीले नयाँ नयाँ व्यवसायिक सोचको विकास गर्नु पर्नेमा प्रशिक्षक पाण्डेले विशेष छलफल गर्नुभयो ।