शिक्षाबाट संस्कृति अनि संस्कृतिबाट संस्कार निर्माण हुन्छ


जेठ २७, २०८१, आइतबार | विहान १०:३१ बजे | 45


शिक्षाबाट संस्कृति अनि संस्कृतिबाट संस्कार निर्माण हुन्छ

मध्यपुर ठिमी भक्तपुर शिक्षाबाट संस्कृति अनि संस्कृतिबाट संस्कार निर्माण हुन्छ र सभ्यता निम्त्याउँछ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै शिक्षा, सभ्यता र संस्कृतिमा जोड दिँदै आएको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमी भक्तपुरले यही २०८१ जेष्ठ २७ गते आइतबारका दिन स्थापनाको ३५ औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा नव आगन्तुक विद्यार्थीहरूको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गर्यो । विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको सभापतित्व तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका सह प्रिन्सिपल प्रेमप्रसाद निरौलाले शब्दका थुङ्गाले स्वागत गर्नुभएको थियो। विद्यालयका शैक्षिक संयोजक शैलेन्द्र भट्टराईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य उषा प्रजापति, अभिभावक अतिथि केदार पौडेल लगायतका अतिथिहरूले विद्यालयको ३५ओेे वार्षिकोत्सव भव्य र सभ्य रुपमा सफल रहोस् भनी शुभकामना व्यक्त गर्नुभएको थियो। The legend of Vinayak तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको उक्त कार्यक्रममा कक्षा ७ कि छात्रा एस्टर गुरुङ द लिजेन्ड अफ विनायक बन्न सफल भएकी थिइन् भने विद्यालयभरिबाट छनोट भई उत्कृष्ट पाँचमा पर्न सफल सम्पूर्ण विद्यार्थीहरु पुरस्कृत हुन सफल भएका थिए। सो कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले विद्यार्थीको सर्वाङ्गिण विकास तथा गुणस्तरीय शिक्षाका लागि विद्यालयले कुनै कसर बाँकी नराखेको एवं एक विद्यार्थी एक सिपको अवधारणा अनुसार प्रगतिशील सोचको रूपान्तरित शिक्षा प्रदान गरिरहेको कुरा बताउनु भयो। सो कार्यक्रममा विद्यार्थीहरूले जिम्न्यास्टिक कराते शाे प्रस्तुत गर्नुका साथै गीत संगीत र नृत्यले सबैलाई मन्त्रमुग्ध बनाएका थिए। कार्यक्रममा शैक्षिक सत्र २०८० मा गरिएका विविध क्रियाकलापहरूमा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने सम्पूर्ण अभिभावक तथा अतिथिहरूले विनायकले प्रदान गरिरहेको गुणस्तरीय व्यावहारिक र जीवन उपयोगी शिक्षाको प्रशंसा गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए।

Comments