आठबुँंदे घोषणापत्र जारी गर्दै सकियो प्रथम राष्ट्रिय कानुन सम्वन्धी संगोष्ठी


जेठ २६, २०८१, शनिबार | दिउँसो ०३:५७ बजे | 55


आठबुँंदे घोषणापत्र जारी गर्दै सकियो प्रथम राष्ट्रिय कानुन सम्वन्धी संगोष्ठी

भक्तपुर
आठबुँंदे घोषणापत्र जारी गर्दै प्रथम राष्ट्रिय कानुन सम्वन्धी संगोष्ठी शनिबार भक्तपुरमा सम्पन्न भएको छ । काठमाडौं स्कुल अफ ल दधिकोट भक्तपुरको आयोजनामा शुक्रबारदेखि संगोष्ठी सुरु भएको थियो । 
काठमाडौं स्कुल अफ द दधिकोटका कार्यकारी निर्देशक प्राडा युवराज संग्रौलाले कानुनी शिक्षाबारे जानकारी दिन प्रथम पटक सम्मेलन गरेको जनाए । साथै पाँंचवर्षे कानुनी शिक्षा स्थापित गर्न सफल भएको सन्देश दिने पनि संगोष्ठीको उद्देश्य रहेको उनले सुनाए ।  
सम्मेलनमा विभिन्न १३ विश्वविद्यालयका विद्यार्थी तथा शिक्षकहरु सहभागी थिए । संगोष्ठीमा एउटा विश्वविद्यालयबाट कम्तीमा दुई जनादेखि वढीमा ६ जनासम्म विद्यार्थी सहभागी थिए । सगोष्ठीमा तीन जना शिक्षक र २६ जना विद्यार्थीहरुले विभिन्न विषयहरुमा कार्यपत्र प्रस्तुत गरेका थिए । 
सम्मेलनको उदघाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले गरेका थिए । सो अवसरमा वरिष्ठ कानुनविद्हरु तथा सरकारी अधिकारीहरुले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
काठमाडौं स्कुल अफ ल देशकै कानुन अध्यापन गराउने प्रतिष्ठित शैक्षिक संस्था हो । यो भक्तपुरको सूर्यविनायक नगरपालिका दधिकोटमा रहेको छ । यहां वर्षेनी एक हजार चार सयदेखि एक हजार ६ सय जना विद्यार्थी कानुन पढ्नका लागि भर्ना हुने गर्दछन् ।

Comments