एसइई पास भएपछि पढ्न काठमाडौं जानु पर्दैन
जेठ २६, २०८१, शनिबार | दिउँसो ०१:३२ बजे | 35
भक्तपुर । उत्कृष्ट उच्च शिक्षाका लागि भक्तपुर जिल्ला देशकै उत्तम जिल्ला भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । निओ फ्युजन स्कुल अफ कम्प्युटर इनाचो भक्तपुरले एसइई दिएर बसेका विद्यार्थीहरुलाई मागनिर्देशन गराउन शनिबार भक्तपुरमा गरेको कार्यक्रममा वक्ता विशष विज्ञहरुले भक्तपुर अरु सवैमा जस्तै उच्च शिक्षा अध्ययनका लागि उत्तम जिल्ला रहेको बताए ।
ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले उत्कृष्ट भएकै कारण ख्वप कलेजमा देशैभरिका विद्यार्थीहरु अध्ययन गरिरहेको जानकारी गराए । कम शुल्कमा गुणस्तरीय शिक्षा दिने भएकै कारण देशैभरिको आकर्षमा स्कुल पर्दै आएको उनले सुनाए ।
शारदा माविका प्राचार्य रोशनराज तुइतुईले अरु सवै क्षेत्रमा जस्तै भक्तपुर शिक्षामा पनि उत्कृष्ट रहेको बताए । एसइईकै कुरा गर्ने हो भने भक्तपुरको नतिजा उत्कृष्ट रहँंदै आएको उनले जनाए । उनले उच्च शिक्षाका लागि काठमाडौं जानुपर्ने आवश्यकता नरहेको बताए ।
आयोजकले आइतबार पनि मार्गनिर्देशन कार्यक्रम गर्ने जनाएको छ ।