वागीश्वरी माविको नयाभवन शिलान्यास
कार्तिक २१, २०७७, शुक्रबार | दिउँसो ०१:४९ बजे | 60
भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालय कमलविनायकमा नयाँ भवनको शिलान्यास कार्तिक २१ गते शुक्रबार सम्पन्न भएको छ ।
वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य एवं अग्रज मोहनप्रसाद प्रजापतिले नयाँ भवनको शिलान्यास गरेको हो ।
शिलान्यास कार्यक्रमका प्रमुख अतिथि मोहनप्रसाद प्रजापतिले वागीश्वरी माध्यामिक विद्यालयको भौतिक पूर्वाधार निर्माणको अनुभव बताउँदै विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुले भौतिक निर्माणका साथै शैक्षिक गुणस्तर वृद्धि गर्नमा पनि उत्तिकै मिहिनेत गर्नुपर्ने आवश्यकता औंल्याउएको थियो ।
[[img2]]
साथै उनले विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुले कर्मचारी मानसिकतालाई त्यागी विद्यालयलाई आवश्यक भएको समयमा समय दिन उत्प्रेरित हुनुपर्ने बताए । विद्यालय व्यवस्थापन समितिका तथा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भवन निर्माणमा संलग्न सबैले पारदर्शी रुपमा समयमै भवन निर्माण सम्पन्न गर्न अनुरोध गरे ।
बागमती प्रदेश सरकारबाट नमूना घोषित भएको यस विद्यालयले गर्ने कार्यहरु पनि नमूना हुनुपर्ने भन्दै उनले वागीश्वरी माध्यामिक विद्यालयले नजिकै रहेका सामुदायिक विद्यालयलाई पनि सँगै अगाडि लगिरहेको बताउँछन् ।
[[img3]]
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाईका भरत श्रेष्ठ, प्रा.डा सिद्धिवीर कर्माचार्य, विद्यालयका संयोजक पूर्व सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिलगायतको उपस्थिति थियो ।