अध्ययन भ्रमण सम्पन्न
जेठ २०, २०८१, आइतबार | विहान १०:४८ बजे | 40
एलिना भेले
वागीश्वरी कलेजमा बी.ए. र बी.एस.डब्लु तेस्रो वर्षका ग्रामीण विकास विषय लिई अध्ययनरत विद्यार्थीहरुको ‘एकीकृत पर्वत विकासको लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)’ र गोढावरीमा जेष्ठ १८ गते अध्ययन भ्रमण सम्पन्न भएको छ ।
भ्रमणको क्रममा विद्यार्थीहरुलाई इसिमोडका स्रोतव्यक्ति सञ्जय महर्जनले इसिमोडको मुख्य उद्देश्य नै पर्वतीय क्षेत्रमा कृषिको विकास गर्ने रहेको जानकारी दि“दै वर्षाको पानी सङ्कलन गर्न बनाइएको ट्याङ्कीको महŒवमाथि प्रकाश पार्नुभयो । भिरालो जमिनमा खेती गर्दा अपनाउनुपर्ने प्रविधिको जानकारी दि“दै उहा“ले जङ्गली जनावरहरुबारे वालीनाली बचाउने उपाय पनि बताउनुभयो ।
श्री प्रजापतिको गाईले दिनमा १० लिटरसम्म दुध दिने बताउ“दै उहा“ले भन्नुभयो– पर्वतीय क्षेत्रमा किवी खेतीबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ ।
इसिमोडमा स्थानीय स्रोतसाधनको अधिकतम उपभोग गरी कम लागतमा मत्स्यपालन गरिएको छ भने उक्त मत्स्यपोखरीको पानी सिंचाइमा पनि प्रयोग गरिएको पेल्ट्रिक सेट प्रविधिबाट २०० वाटसम्मको बिजुली निकाल्ने पनि त्यहा“ जानकारी दिइयो भने सोको लागि रु २७ हजार लागत लाग्ने पनि बताइयो ।
कृषिमा मौसम विज्ञानको महŒव हुने चर्चा गर्दै स्रोत व्यक्ति महर्जनले ग्रामीण क्षेत्रमा पाइने बनस्पतिबाट बायो बिक्रेट बनाउन सकिने पनि बताउनुभयो ।
विषय शिक्षकहरु सुशीला घजु, अविना श्रेष्ठ सहित ४५ जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त भ्रमण अत्यन्त फलदायी रहेको विद्यार्थीहरुले प्रतिक्रिया दिएका छन् ।