विनायक जुनियर रेडक्रस सर्कल पुन:गठन


जेठ २०, २०८१, आइतबार | विहान १०:३१ बजे | 40


विनायक जुनियर रेडक्रस सर्कल पुन:गठन

"रेडकस अभियानमा लागू विपत्तिमा परेका मानवलाई सेवा गरौं" भन्ने मूल नाराका साथ मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी जुनियर रेडक्रसको विधि अनुसार रेडक्रसमा "म सेवा गर्छु" नारालाई आत्मसात गर्दै विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मजबुत थिमीले यही २०८१ जेष्ठ २० गतेका दिन विनायक जुनियर रेडक्रस सर्कल को पुन:र्गठन गर्यो। विनायक जुनियर रेडक्रस सर्कलका संयोजक शिक्षक नायक रामचन्द्र प्रजापतिको संयोजकत्वमा आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा ६ देखि १० सम्मका करिब ५० जना बिद्यार्थीहरू सहभागी रहेको र उक्त भेलामा कृषा प्रजापतिको अध्यक्षतामा शैक्षिक सत्र २०८१ को लागि विनायक जुनियर रेडकर सरकर गठन गरियो। उक्त कार्यक्रममा नयाँ पदाधिकारीहरूलाई बधाई ज्ञापन गरी प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले सफल कार्यकालको शुभकामना प्रदान गर्नुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

विनायक जुनियर रेडक्रस सर्कल पुन:गठन

Comments