वोदेमा पुस्तक समिक्षा प्रतियोगिता
जेठ १९, २०८१, शनिबार | विहान ०२:१४ बजे | 20
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोदेमा पुस्तक समिक्षा प्रतियोगिता सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं ८ वोदेको आयोजनामा वोदे मावि बोदेमा प्रतियोगिता भएको हो । मध्यपुर नगरका विद्यास्तरीय प्रतियोगितामा २३ वटा विद्यालयहरुका ४० जना विद्यार्थीहरु प्रतिस्पर्धी रहेका थिए ।
प्रतियोगीहरुमध्ये उत्कृष्ट छनौट गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने वडा अध्यक्ष रामेश थापा श्रेष्ठले बताए । साहित्यकार हरिवहादुर श्रेष्ठद्धारा लिखित मार्गनिर्देशनबारे भाइवहिनीहरुलाई चिठी नामक पुस्तककोबारेमा समिक्षा प्रतियोगिता गराइएको हो ।
फाेटाेमा हेर्नुहाेस्...