बिनायकमा धूम्रपान रहित दिवश मनाइयाे
जेठ १८, २०८१, शुक्रबार | दिउँसो ०३:३५ बजे | 45
विश्व धुम्रपान रहित दिवश अर्थात World No tobacco day 2024 को अवसरमा Vinayak Eco Club, Vinayak Shiksha Niketan, Madhyapur Thimi ले कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरू बीच No tobacco day सन्दर्भमा Slogan Competition को आयोजना गरी समुहगत रूपमा (४,५) (६, ७) र (८,९,१०) प्रथम, द्वितीय, तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरियाे । साथै No smoking day / No tobacco day अर्थात धुम्रपान रहित दिवशको अवसरमा जनचेतना फैलाउने उद्देश्यले धूम्रपान विरुद्ध लेखिएका Play Card वोकी कक्षा ७ र ८ का भाइबहिनी सम्मिलित गराई मध्यपुर थिमिमा रयालीको आयोजना - गरियो। र्यालि सांस्कृतिक बाजाका साथ धुम्रपान विरुद नारा घन्काउदै नगर परिक्रम गर्यो । -यालीका क्रममा वाटोमा धूम्रपान गरीरहनु भएका बटुवालाई धूम्रपानको बेफाइदा, सम्झाउदै, चुरोट खोज्दै धूम्रपान नगर्न सल्लाह दिदै चकलेट र चुइगम वितरण गरियो। World No tobacco Day 2024 सन्दर्भमा Vinayak Eco Club का अध्यक्ष Liza Hamal ले विश्वमा झण्डै ८ लाख मानिस धुम्रपानका कारण अकालमा ज्यान गुमाइ रहेको साथै , स्वच्छ समाज निर्माणका लागि हामी विद्याथीहरुले धुम्रपान विरुद्ध जनचेतना फैलाउनु पर्ने विचार व्यक्त गर्नु भयो। साथै कक्षा ८ कि सृष्टि देउला तथा कक्षा ७ की सस्थिका बरुवाल- ले यस्ता कार्यक्रमले विद्यार्थिहरुमा समाजीक दायित्वबोध हुने तथा धुम्रपान प्रति युवा जमात टाढा हुने र स्वच्छ समाज निर्माणमा बिद्यार्थिको योगदानका बारे बुझ्ने हुन्छ, यसैले यस्ता कार्यक्रम अत्यन्त राम्रो भएको" बताउनु भयो। उद्घाटन कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले धुम्रपानले मानव जीवनमा क्षति सिवाय अरु केही नल्याउने भएकाले धुम्रपान आफू पनि नगर्न र अरुलाई पनि नगर्न सल्लाह दिन अनुरोध गर्दै विश्व धुम्रापान रहित दिवस सभ्य र भव्य रुपमा सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।
फाेटाेमा हेर्नुहाेस्...