पुस्तकको सिल्पकौशलतामा डुब्दै जादा...
जेठ १८, २०८१, शुक्रबार | विहान ०१:४४ बजे | 25
इ.लेखरत्न शाक्य
स्वयम्भू, काठमाडौं
प्रारभ्म
समीक्षासङग्रहका रचनाकार डा. इन्दुल केसीको “शब्दसागरका मोती” पुस्तक प्यारी छोरी दिब्यतारा शाक्य मार्फत मिति २०७९ चैत्र महिनाको १० गते बेलुकीको समयमा चिठ्ठा परेझै उपहार पाएँ । बहुमुखी प्रतिभाका धनी तथा विद्वान डा. इन्दुल केसीज्यूको लागि म लेख रत्न शाक्य शायद अपरिचित अनुहार होला, मैले यसै सोचें किनभने यो पुस्तक मेरो हातमा पर्नु अघिसम्म वहाँसंग प्रत्यक्ष अप्रत्यक्ष दुवै रुपमा परिचय भएको थिएन । पुस्तक हातमा परेको केहीक्षणपछि म पुस्तकको पाना पानामा डुबुल्की खेल्न थालेँ । शायद यो हरेक पुस्तक प्रेमीहरुको लोभी आँखाका रोग नै होला जस्तो ठानेको छुँ ।
पुस्तकको पानाहरुमा डुबुल्की मार्दा डा. इन्दुल केसीज्यूलाई एक प्रतिभाशाली राष्ट्रिय अस्मिताको उच्च शिखरका व्यक्तित्व भएको पाएँ । जस्तो की एक कुशल सुचिकारले हरेक पटक सिलाईको काम सकिएपछि सियोलाई सम्मानस्वरुप आदर्श गरेर पटकैपिच्छे शीरमा लगाएको टोपीका विश्राम दिन्छन् । किनभने सियोको काम टुक्राटुक्रि बनेको कपडालाई सियोको मद्दतले सिएर एउटा आकर्षक, सुन्दर र जीउदाल सुहाउँदो चितिक्क परेको पहिरन बनाउने काम सियोको हो । त्यसैले कुशल सुचिकारले त्यसको महत्वलाई उचित स्थान दिएर सम्मान गर्नु कहिल्यै विर्सिदैन । त्यसैगरी डा. इन्दुल केसीज्यूले राष्ट्रिय अस्मितालाई “शब्दसागरका मोती” पुस्तकमा त्यो कुराको सन्देश आजका युवा जगत्सम्म पुगोस् भन्ने भावना जगाउन खोज्नुभएको देखिन्छ ।
महाकवि देवकोटा बहुमुखी प्रतिभाका धनी तथा असाधारण लेखक स्वदेशमा र विदेशी भूमिमा पनि जाज्वल्यमान कृति भएका महान लेखक भए जस्तै डा. इन्दुल के. सी. पनि नेपाली साहित्यका ज्ञानपुँजीको युगको क्रियाशील व्यक्तित्वमा स्थापित हुनुहुन्छ भन्ने मैले ठानेको छुँ । मानिसको ज्ञान र सिर्जनात्मक क्षमता श्रीबृद्धि गर्न वेद शिक्षा र दर्शनले हाम्रो जनशक्तिले ज्ञानको निर्माण र विस्तार गर्न अहम बरदान नै भएको छ जुन वहाँले शब्दसागरका मोती कृतिमा सविस्तार चर्चा गर्नु भएको छ । यो पठनीय र अगिकार गर्न युवापीँढीको लागि प्रेरणाका स्रोत भएको छ ।
वेद र शिक्षा
वेद संसारका धेरै ग्रन्थहरुको पिता मानिन्छ र हुन पनि धर्मको प्राचिन पवित्र ग्रन्थहरुको नाम हो बेद । अर्को शब्दमा भन्नु पर्दा बेदको अर्थ हो, ज्ञान । बेद मन्त्र मात्र होइन, यो महान जीवन निर्माणका लागि अत्यन्तै आवश्यक शिक्षा रुपी दर्शन पनि हो । बेदले शिक्षाको उतरोत्तर उन्नतिको लागि धेरै मन्त्रहरु दिएका छन् । त्यसै गरी बौद्ध दर्शनको विषयमा पनि वहाँले बलियो तर्कको रुपमा सरल र सवैले बmुझ्ने शैलीमा आफ्नो विचार पोख्नु भएको छ भन्नुमा शंका गरीरहनु पर्दैन जस्तो लाग्छ । जुनबेला भारत भन्ने देश थिएन, मानौं त्यस क्षेत्रका मुलुकहरु (हालको भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, भुटान, थाइलायान्ड, बंगलादेश) जम्बोदिप नामले प्रख्यात थियो । तर नेपाल भने त्यतिबेला पनि स्वतन्त्र मुलुक नै थियो । अन्य जम्बोदिप मुलुकहरु भने सत्ता र राज्य विस्तारका लागि, झैझगडा र युद्धमा डुबुल्की मारीरहेकै गियो । त्यतिबेला नेपालको कपिलवस्तुमा एक स्वतन्त्र गणराज्य नामले परिचित देश कपिलवस्तु राज्य थियो । यही राज्यको राजकुमार गौतमले पछि बोधि ज्ञान लाभ गरेपछि बुद्ध दर्शनको पादुर्भाव गर्नुभयो जुन पछि गएर बौद्ध दर्शनको नामले विश्वमा प्रख्यात भयो । बुद्धको मध्यमार्ग शिक्षाले मानिसलाई धर्म र अधर्म वारे जनचेतना संचार गर्ने सिद्धान्त प्रतिपादन गर्नु भयो । त्यसैलाई विद्धानहरु अहिले बुद्ध शिक्षा भनिन थाले ।
बौद्ध दर्शन र बुद्ध
विश्वको सवैभन्दा प्राचीन साहित्य वेद के हो भन्ने वारेमा सरल र मीठौ शैलीमा वर्णन वहाँको अनुपम खुवी हो भन्ने एक सामान्य पाठकको रुपमा धेरै कुरा बुझन पाएँ । वेद सनातन वर्णाश्रम धर्महरु मूल तथा सबैभन्दा प्राचीन ग्रन्थ मानिन्छ । वेदको शाब्दिक अर्थ ‘ज्ञान’ हो र सृष्टिकालदेखि यो ज्ञानको मूल हो भन्ने बुझाउने गरिएको छ । जस्तै अहिले विश्वका प्रचलित शिक्षा प्रणाली हेर्ने हो भने टाढा जानु पर्दैन । नजिकैको उत्तर छिमेक मुलुक चीनको शिक्षा प्रणाली हेरे पुग्छ । अबको संसारमा वेदले नै भने अनुसार मानिस र संसार बाँच्नको लागि अत्यावश्यक आठ वटा सीपहरु विश्व नागरिक, सिर्जनशील, प्राविधिक तथा स्व–चालित वा गति सिकाई, अन्तरवैयक्तिक समावेशी, समस्या समाधान, सहकार्य जस्ता ज्ञान र सीप सिक्नु सिकाउनुमा जोड दिएकै कारणले चीन आज विश्वमा अमेरिका जस्तो आफूलाई सर्वसक्तिमान ठान्ने मुलुक थर्कमान भएर बस्नु परेको कुरा हामी माझ छर्लङ छ । चीनले यी आठ वटा सीपमा अत्यन्त महत्वका साथ पूर्णआनन्द दिने भनि पुराना कन्फयुसियजमसंग सामञ्ज्यसतामा रहेर मानविकी शिक्षामा बलियोसंग जोड दिएको छ ।
अन्तमा
यस पुस्तकमा दिइएका टिप्पणीको हरेक शीर्षकका लेखरचनाहरु शिक्षाप्रद, मनन्योग्य तथा कुनै किसिमको संकीर्णता यसमा देखिएन, लाभप्रद छ । लेखकज्यू अनुभव, ज्ञान र विचारले पनि यो पुस्तक न त साम्प्रदायिक धर्म हो न त पक्षपाती धर्म भाषा, जाति, वर्ण वर्ग, देश काल, परिस्थिति आदिको कुनै कहीँ कतै भदभाव यसमा देख्न सकिदैंन । यो पुस्तक युवायुवती र बृद्धबृद्धा जोजुकैले पढेर आत्मसात गर्न मिल्ने उपयोगी हो, सवैलाई धर्मज्ञान दिने लिने उपयोगी पुस्तक हो भन्ने मलाई लाग्दछ ।
आजको दिन आफूलाई सौभाग्यको एक पात्रको रुपमा पाएको मसहुस गरिरहेको छु किनभने “शब्दसागरका मोती” समीक्षा सङग्रह पुस्तक एक ज्यादै उपयोगी भएको पाएँ । हुनत म साहित्यकार वा साहित्यको जानकार व्यक्ति होइन तथापि यस पुस्तकका पानापाना आँैलाहरुले स्पर्श गर्न पाउँदा कता कता आफैलाई यसका पानाहरु नछुटाइकन पढने जिम्मेवारी साक्षत भगवान श्री पशुपतीनाथ र अनवरत प्रयासले भगवान अरहत सम्यकसम्बुद्धले सर्वज्ञ बोधित्व प्राप्त गरी बोधिपक्षीय मौलिक धर्मसमूह प्रदान गर्नु भएका गौतम बुद्धको अनुपम प्रेरणाले यो अवसर जुटाई दिएको जस्तो मैले अनुभव गर्न पाएँको महसुस् गरें । अध्ययनपश्चात् यसलाई केलाएर सारसङग्रहको रुपमा समीक्षात्मक टिप्पणी गर्नु साहित्यको अक्षर नबुझने एक प्राविधिज्ञको लागि कठिन विषय हो । मेरो अन्तर मनले यही भन्छन् ।