वागीश्वरीका विद्यार्थीहरुले ललितपुरमा गरे सर्वेक्षण


जेठ १६, २०८१, बुधबार | विहान ०७:२७ बजे | 25


वागीश्वरीका विद्यार्थीहरुले ललितपुरमा गरे सर्वेक्षण

ललितपुर । वागीश्वरी कलेज मानविकी सङ्काय स्नातक प्रथम र दोस्रो वर्षमा सामाजिक कार्य, ग्रामीण विकास, समाजशास्त्र र पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरुले सामुदायिक सर्वेक्षण र सिकाइ कार्यक्रम ललितपुरस्थित बुगमती, खोकना र काठमाडौं तराई द्रुतमार्गमा जेष्ठ १५ गते सम्पन्न ग¥यो । 
सो कार्यक्रमको समापन समारोहका सभापति एवं वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले एक दिने कार्यक्रममा सिकेका अध्यात्मिक ज्ञानलाई भौतिकवादी दृष्टिकोणले हेनुपर्ने आवश्यकता औ“ल्याउनुभयो । काठमाडौं–तराई द्रुतमार्गको प्रसङ्ग उठाउ“दै उहा“ले विकासको नाममा देश खाने परियोजना काम लाग्दैन भन्नुभयो । 
स्थानीय स्रोतव्यक्ति महेन्द्र ब्रह्माचार्यले स्थानीय जनताको आवश्यकता अनुसारको विकासमात्र दिगो हुने भएकोले द्रुतमार्गले वातावरणीय प्रभाव मूल्याङ्कनस“ग मेल नखाएको र वैकल्पिक मार्गको व्यवस्था गर्नको लागि आन्दोलन गरिहेको बताउनुभयो । स्रोतव्यक्ति महांकाल आधारभुत विद्यालय खोकनाका प्रधानाध्यापक कृष्णभगत डंगोलले मुर्त, अमुर्त सम्पदालाई नष्ट गर्ने द्रुतमार्गले अन्तर्राष्ट्रिय श्रम सङ्गठन १६९ अनुसार नभएको प्रष्ट्याउनुभयो र सम्पदा संरक्षणमा भक्तपुरबाट धेरै सिक्न सकिने पनि जानकारी दिलाउनुभयो । 
कार्यक्रमका प्रशिक्षक मंगलेश्वर ध्वजूले धन्यवाद ज्ञापन गर्दै बुगमती, खोकना, दुतमार्ग क्षेत्रको अध्ययन भ्रमणबाट विद्यार्थीहरु लाभान्वित भएको चर्चा गर्नुभयो । साथै विद्यार्थीहरु अस्मिता तामाङ किशोर बस्नेत, अनुष्का लामाले पनि सिकाइ अनुभवबारे बोलेका थिए । 
शिक्षाप्रेमी एवं समाजसेवी राजवीर डंगोलले बुंगमतीमा स्वागत गर्दै दिनभरको कार्यक्रमबारे टोलीलाई जानकारी दिनुभयो । महा“काल आधारभुत विद्यालय खोइचाका प्रधानाध्यापक राजेश महर्जनले पनि खोइचाबारे अभिमुखीकरण गर्नुभएको थियो । 
स्रोतव्यक्ति महेन्द्र ब्रह्माचार्यले काठमाडौं–तराई द्रुतमार्गको विरोध, वास्तविक अवस्थाबारे स्थलगत अवलोकन गराउनुभएको थियो । साथै विद्यार्थीहरुले निर्माणधिन रातो मच्छिन्द्रनाथबारे अध्ययन गरेर सरसफाइमा पनि भाग लिइएका थिए ।
प्रसिद्ध कार्यविनायकसंगै खोकना बजार घुमेर ब्रह्मायणी मन्दिर हु“दै परम्परागत एवं रैथाने सीप प्रयोग गरेर तेल बनाउने तरिका पनि विद्यार्थीहरुले प्रत्यक्ष अवलोकन गरे ।
४१ विद्यार्थी र ६ शिक्षकहरुको सो टोलीलाई अर्का स्रोतव्यक्ति मन्दिप मर्हजनको सहयोगमा चर्चित सिकाली मन्दिर परिसर भ्रमण गरेर अध्ययन टोली भक्तपुर फर्केको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

वागीश्वरीका विद्यार्थीहरुले ललितपुरमा गरे सर्वेक्षण

Comments