निओ फ्युजनमा धमाधम निःशुल्क तालिमहरु सञ्चालन


जेठ १४, २०८१, सोमबार | विहान ०५:३९ बजे | 30


निओ फ्युजनमा धमाधम निःशुल्क तालिमहरु सञ्चालन

भक्तपुर । भक्तपुरको इनाचोस्थित निओ फ्युजन स्कुल अफ कम्प्युटरमा निः शुल्क रुपमा विभिन्न तालिमहरु सुरु भएको छ । भक्तपुरको लिवालीस्थित कार्यालय शाखामा विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म दिनभरी तालिम संचालन थालिएको हो । निओ फ्युजन स्कल अफ कम्प्युटरका सञ्चालक बालकृष्ण बनमालो मोबाइल फोटोग्राफी, डिजिटल फोटोग्राफी, हाउस वारिङ्ग, पत्रकारिता, चित्रकला, इन्टिरियल डिजाइन, बुटिक, धाँ बाजा, उदघोषण, व्युर्टिपार्लर, मोबाइल रिपेरिंग, धिमेबाजा, बाँसुरी, डान्स, गीतार प्रशिक्षण सुरु भएको बताए । यसमा तालिम अुनसार समय अवधि फरकफरक रहेका छन् । 
तालिमका अवधि न्युनतम १२ दिनदेखि वढीमा ३ महिनासम्म प्रशिक्षण हुने उनले जानकारी दिए । हरेक वर्ष कम्प्युटर तालिम सिक्न आएका विद्यार्थीलाई व्यवहारिक र सीपमूलक शिक्षा दिने हेतुले निःशुल्क तालिम संचालन गर्दै आएको उनले बताए । यसमा बिद्यार्थीहरुलाई आधारभूत शिक्षा दिन्छौ, उनले भने, एड्भान्सको लागि भने शुल्क लाग्ने छ । तालिम लिनका लागि चार सय भन्दा वढी विद्यार्थीहरुको सहभागिता रहेको जनाइएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

निओ फ्युजनमा धमाधम निःशुल्क तालिमहरु सञ्चालन

Comments