Non violent communication बिषयमा शिक्षक कार्यशाला गोष्ठी
जेठ १३, २०८१, आइतबार | विहान ११:२५ बजे | 25
मध्यपुर थिमि
4S Educational Nepal को आयोजनामा विद्यालयमा शान्त वातावरण सिर्जना गर्न Non violent Communication विषयमा शिक्षक कार्यशाला गोष्ठी मध्यपुर बैंककोटमा सम्पन्न भएको छ। कार्यशाला गोष्ठीमा प्रशिक्षकको रूपमा काठमाडौँ विश्वविद्यालयका प्रशिक्षक
Associato Prof. Dr. Chetnath pant ज्यूले Non-violent communication को महत्व र कसरी प्रयोग गर्ने विषयमा प्रकाशपार्नु भयो।
विनायक शिक्षा निकेतन का शिक्षक शैलेन्द्र कुमार भट्टराईज्यूले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले कार्यक्रम उद्देश्य बारे प्रकाश पार्दै सहभागी शिक्षकहरूलाई स्वागत गर्नुभयो भने धन्यवाद ज्ञापन एकेडेमीका प्रिन्सिपल सोम कृष्ण प्रजापतिले गर्नु भएको थियो । सो कार्यक्रममा माउन्ट भ्यू बोर्डिङ स्कुल बालकोटका प्रिन्सिपल मिना महर्जन, इष्ट प्वाइन्ट एकेडेमी भक्तपुरका प्रिन्सिपल रमेश चन्द्र श्रेष्ठ क्रिएटिभ लर्नर्स एकेडेमी का प्रिन्सिपल कृष्ण हरि श्रेष्ठ का साथै शिक्षक शिक्षिकाहरू करिब २०० जना सहभागी भएको थियो ।
सहभागी शिक्षक शिक्षिकाहरूले कार्यशाली गोष्ठीले काम गर्ने थप ऊर्जा प्रदान गरेकोमा आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरेको थियो।
फाेटाेमा हेर्नुहाेस्...